एमाले ढोरपाटन नगरको नाथुरीमा टोल समिति गठन

Posted on: 26 Mar, 2017

कृष्ण कँडेल/चैत १३, बागलुङ । नेकपा एमालेको ढोरपाटन नगरपालिका अन्तरगत वडा नम्बर– ५ नाथुरीमा टोल समिति गठन गरिएको छ । 

नथुरीमा हिजो भएको भेलाले भिमबहादुर गौतमको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्ष तुल्सीदेवि कँडेल, सचिव खिमकुमारी गौतम, सहसचिव शिबपुर्ण कँडेल र कोषाध्यक्ष टेकपति कँडेल रहनुभएको छ ।  सो अबसरमा दुर्गा कँडेलको अध्यक्षतामा १५ सदस्यीय युवा संघ टोल समिति गठन गरिएको छ । युवा संघको उपाध्यक्ष युबराज पाण्डे, सचिव सरिता कँडेल, सहसचिब चित्रबहादुर घर्ती मगर र कोषाध्यक्ष राधिका कँडेल रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिका संयोजक लक्ष्मण पुनले राष्ट्रिय स्वाधिनता सहितको मुलुक निर्माणका लागि अबको निर्वाचनमा एमालेको जित आबश्यक रहेको बताउनुभयो । पुनले एमाले अध्यक्ष केपि ओली नेतृत्वको सरकारले राष्ट्रको पक्षमा लिएको अडान मुलुकको स्वाधिनताको आधार भएको बताउनुभयो । 

उहाँले स्थानिय निर्वाचनमा आफ्नो गाउँको विकास गर्न सक्ने शशक्त उम्मेद्वारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । अहिलेको स्थानिय तह हिजोको स्थानिय निकाय जस्तो मात्र नभएको भन्दै अधिकार सम्पन्न स्थानिय निकाय सञ्चालनका लागि त्यसको नेतृत्व गरि विकास गर्न सक्ने उम्मेद्वार निर्वाचित हुनुपर्ने बताउनुभयो ।   

कार्यक्रममा जिल्ला सदस्इ केसर छन्त्याल र पुर्बक्षेत्रीय सदस्य ईन्द्र घर्तीले मन्तव्य राख्नुभएको थियो । भेला वडा नम्बर ५ संयोजक दिपेन्द्र पुनको अध्यक्षता, शिबपुर्ण कँडेलको स्वागत र शिबराज कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!