फलेवास नगरपालिकामा युक्तप्रसाद श्रेष्ठको मेयरमा दाबेदारी

Posted on: 28 Mar, 2017

पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका हुन् । 

फलेवास क्षेत्रमा सामाजि क्षेत्रमा क्रियाशिल रहेका उनले आफूलाई पार्टीले टिकट दिए विजयको झण्डा फैलाउन सक्ने आफूमा विश्वास रहेको बताएका छन् । आफूले टिकट प्राप्त गरे कसैले पनि हराउन नसक्ने र जीत सुनिश्चित रहेको उनले बताएका छन् । उक्त क्षेत्रको विकासको लागि आफूले सक्दो कार्य गर्ने समेत बताएका छन् । उनको त्यस क्षेत्रका मेयरका लागि लडे जित्ने सम्भावना रहेको उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् । 

हरेक वडामा आफूलाई स्थापित गरेको भन्दै सोही अनुसार मत परिणाम प्राप्त गर्ने सोचमा उनी रहेका छन् । उनले पार्टीले चुनाव लड्न टिकटमात्रै दिए जित सम्भव भएको बताएका छन् । 

फलेवास नगरपालिका अन्तरगत मेयरका लागि शहिद पुत्र गंगाधर तिवारीलाई बलियो सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । महाधिवेशन प्रतिनिधि समेत रहेका तिवारी सम्भावित फलेवास नगरपालिकाका मेयरका उम्मेदवारका रुपमा लिएको छ । तिवारी पनि सोही क्षेत्रमा निकै चर्चित नाम हो । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका तिवारी आफूलाई पार्टीले टिकट दिनेमा विश्वास रहेको बताएका छन् ।  त्यस्तै थमसिङ थापा पनि मेयरका लागि दरिला उम्मेदवारका रुपमा रहेएको छ ।  

महिला तर्फ रेखा गुरुङ र राधा कुमारी क्षेत्रीलाई सम्भावित बलियो उम्मेदवारका रुपमा लिइएको छ । यी दुइ मध्ये टिकट प्राप्त गर्नको लागि निकै कसर भैराखेको बुझिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!