एमाले ढोरपाटन नगर–१ मा निर्वाचन परिचालन कमिटि गठन

Posted on: 01 Apr, 2017


कृष्ण कँडेल/चैत १९, बागलुङ । नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नम्बर–१ को अगुवा कार्यकर्ता भेला हिजो बुर्तिबाङ बजारमा भएको छ । 

भेलाले वडा स्तरिय निर्वाचन परिचालन समिति, एमालेको वडा कमिटि र अखिल नेपाल महिला संघको वडा कमिटि गठन गरेको छ । गोकुल सेरचनको संयोजकत्वमा १७ सदस्यीय पार्टिको वडा कमिटि गठन गरेको छ । 

उपसंयोजकमा निम विश्वकर्मा र सदस्य सचिव मनकुमारी गैरे रहनुभएको छ । गोकुल सेरचनकै संयोजकत्वम २१ सदस्यीय एमालेको वडा स्तरिय निर्वाचन परिचालन कमिटि पनि गठन गरिएको एमालेका क्षेत्रीय अध्यक्ष उमेश बुढाले जानकारी दिनुभयो ।


शान्ति पाण्डेको संयोजकत्वमा अखिल नेपाल महिला संघको १३ सदस्यीय वडा कमिटि गठन गरिएको छ । नेकपा एमाले प्रदेश नम्बर–४ को संघिय तथा स्थानिय विभाग सदस्य टंकप्रसाद पौडेल सहित अन्य नेताहरुको उपस्थितीमा भएको भेलाले पार्टिलाई जिताउने गरि स्थानिय निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!