वष्ठिताको आधारमा संयोजक तोक्दा पर्वत एमालेको विवाद छताछुल्ला

Posted on: 01 Apr, 2017

महेन्द्र जिसी पर्वत ।

मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय  सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले २ नगरपालिका र ५ गाउँपालिकामा रहेका पुराना कमिटिहरुको विगठन गरेर नयाँ कमिटिका लागि संयोजक र सह संयोजक तोकेको छ । संयोजक चयन वरिष्ठताका आधारमा तय गरीएको भन्दै  पाटीका पुराना सदस्यहरुले  संयोजक पद अस्वीकार गरेसँगै एमालेमा  खैला वैला मच्चीएको हो ।

 बैठकले बरिष्ठ सचिबालय सदस्यको संयोजक र दोस्रो बरिष्ठ सदस्यलाई सह संयोजक चयन गरेको हो । बैठकले कुस्मा नगरपालिकाको संयोजकमा यम गुरुङ्ग र सहसंयोजकमा बिष्णु नेवार चयन गरेको छ । यसैगरी फलेबास नगरपालिकाको संयोजकमा मञ्जु अधिकारी र सहसंयोजकमा पिताम्बर घिमिरेलाई तोकेको हो । त्यस्तै गरि अन्य गाउँपालिकाहरुमा क्रमसः जलजला गाउँपालिकामा लाल बहादुर अधिकारी र सह संयोजकमा टुंगनाथ पौडेल, मोदी गाउँ पालिकामा  दातारमा चापागाई र सह संयोजकमा सेती महत, बिहादी गाउँपालिकामा लालबहादुर गुरुङ्ग र सहसंयोजकमा कमल भुसाल, महासिला गाउँपालिकामा संयोजक इश्वरी भुसाल र सहसंयोजक बिष्णुराम बिक चयन भएका छन् । त्यस्तै पैञ्यु गाउँपालिकाको संयोजकमा संयोजकमा रेशमलाल न्यौपाने र सह संयोजकमा चयन भएका छन् ।

संयोजक चयनमा बरिष्ठता नमिलेको भन्दै फलेबास नगरपालिका र जलजला गाउँपालिकामा  विवाद चर्कीको हो ।  पार्टी स्रोतका अनुसार फलेबास नगरपालिकाका सहसंयोजक पिताम्बर घिमिरेले आफुँ बरिष्ठ भएको भन्दै सहसंयोजक पद अस्विकार गरेका छन । उनले  आँफुलाई पार्टीले अपमानीत निर्णय गरेको भन्दै पद अस्वीकार गरेका हुन । यता जलजला गाउँपालिका सहसंयोजक तुंगनाथ उपाध्यायले पनि तल्ला सदस्य र पछिल्लो पटक सचिबालय सदस्य भएको  भन्दै  वैठकको  निर्णय अस्विकार गरेका हुन ।  बैठकले संगठन कमिटिमा रहने सदस्यहरुको समेत टुंगो लगाएको छ । सबै स्थानीय तहका सदस्यहरुमा साबिकका गाउँ कमिटिका अध्यक्ष सहितका पदाधिकारी र सोही तह भित्र रहेको क्षेत्रीय कमिटिका सदस्यहरु स्वतः सदस्य हुने निर्णय  वैठकले गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!