एमालेको अभियान-पार्टी प्रवेशको नाउमा फेक अनलाइनमा हावादारी प्रचार

Posted on: 02 Apr, 2017

पर्वत । नेकपा एमालेले आफ्नो पार्टीमा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ता प्रवेश गरे भनि फैलाएको प्रोपोगाण्डा हावादारी भएको पुष्टि भएको छ । कहिले सिंगो पार्टीने एमालेमा विलय तथा कहिले काँग्रेस माओवादी लगाएतका राजनीतिक दलका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको सामाजिक संजाल र फेक अनलाइनमा प्रचार गर्दै आइरहेको एमालेले पार्टी प्रवेशको नाउमा गलत प्रचार गरेको भेटिएको हो । 


अखण्ड नेपाल पर्वत एमालेमा विलय नामक शिर्षकमा फेक समाचार बनाइ भाइरल बनाएको एमाले पर्वतलाई अर्को झड्का लागेको छ ।  नेपाली काँग्रेको कुश्मा नगरपालिका ८ चुवाका सचिव राजुप्रसाद सुवेदीलाई झुक्काएर पार्टी प्रवेशको प्रोपोगाण्डा बनाइएको रहस्य फेला परेको छ । 

राजुप्रसाद सुवेदीले चैत्र १९ गते सांसद विकास लम्साल, एमाले अध्यक्ष पदम गिरी सहितको टोली लालेश्वर गुफा अबलोकनको लागि गएको र सोही क्रममा आफू पनि लालेश्वर गुफाको  कोषाध्यक्षको हैसियतले कार्यक्रममा सहभागी भएको र कार्यक्रममा सम्मानको गरी अविर माला लगाएको फोटो खिचि पार्टी प्रवेशको  नाम दिइएको भन्दै प्रेश विज्ञप्ती मार्फत उनले जनाएका छन् । 

एमाले जस्तो देशको दोस्रो ठूलो शक्तिका रुपमा रहेको एमालले पार्टी प्रवेशको नाउमा गरेको गलत प्रचारको  भ्रममा नपर्न उनले आग्रह गरेका छन् ।

विभिन्न राजनीतिक दलका कार्यकर्तालाई बोलाउदै भ्रमपूर्ण र तथ्यहिन समाचार फेक अनलाइन र ब्लकमा राख्ने हर्कतले एमालेलाई थप बदनाम गराएको छ । यो भन्दा अगाडि अखण्ड नेपालका अध्यक्ष युगनाथ रेग्मी भएता पनि एमालेले पार्टीले कारवाही गरेका नेतालाई सदस्य बनाउँदै अखण्ड नेपाल पर्वतनै एमलेमा विलय भएको प्रचार गरेको थियो ।

Image may contain: text


यस बिषयमा तपाइको प्रतिक्रिया...!