स्थानीय तहको निर्वाचनको लागि डडेल्धुरामा ७७ वटा मतदान स्थल तोकिए

Posted on: 05 Apr, 2017

चैत २३, डडेलधुरा |  निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि डडेल्धुरामा ७७ वटा मतदान स्थल प्रमाणित गरि पठाएको छ ।

जिल्लाका राजनितिक दलहरुका बीच जिल्लामा ७७ वटा मतदान स्थल राख्ने सहमति गरि निर्वाचन आयोगमा पठाए बमोजिम नै आयोगले ७७ वटा नै मतदानन स्थल तोकेको हो । 

दोस्रो संविधान सभाको निर्वाचन २०७० मा ६९ वटा मतदान स्थल रहेकोमा जिल्ला र्विाचन कार्यालय डडेल्धुरा बाट आठ वटा मतदान स्थल थप गर्न सिफारिस भए बमोजिन नै आयोगले मतदान स्थल थप गरेको हो ।

साथै प्रमाणित भई आएका मतदान स्थल भित्र एक सय १८ वटा केन्द्र पनि निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी कृष्ण सिंह नायकले जानकारी दिएका छन् ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले बैशाख १ गतेबाट जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चानल गर्ने भएको छ । नागरिकको गाउँ–गाउँमा गई मतदाताहरुलाई मतदानको बारेमा जनाकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको निर्वाचन अधिकारी कृष्ण सिंह नायकले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!