कुश्मा नगरपालिकाको मेयरमा नेकाबाट जोशी उठ्ने

Posted on: 06 Apr, 2017

पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा महाधिबेशन प्रतिनिधी सिता काफ्ले लामिछानेलाई सिफारिस गरेको हो ।


बैठकले जोशीलाई प्रमुख र लामिछानेलाई उपप्रमुखमा सर्वसम्मत निर्णय गरि सिफारिस गरिएको कोषाध्यक्ष शिबराज शर्माले जानकारी दिए । बैठकमा अन्य आकाँक्षी नदेखिएका कारण सर्वसम्मत रुपमा दुई जनाको नाम सिफारिस गरिएको बताइएको छ । कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ठुलै संख्यामा आकाँक्षीहरु रहेका छन । नगर समितिले भने प्रमुख र उपप्रमुखमा एक एक जनाको नाम मात्रै सिफारिस गरेको छ । कांग्रेस भित्र लोकप्रिय र बलियो दाबेदारका रुपमा रहेका जोशीलाई जन्मदिनकै अवसर नगर समितिले उमेदवारका रुपमा सिफारिस गरेको छ । नगरसमितिले बैषाख ७ गते भित्र क्षेत्रिय समितिमा उमेदवारको नाम सिफारिस गर्नुपर्ने ब्यबस्था पार्टीले गरेको छ । नगर समितिले सिफारिस गरेको नाममा थपघट गरेर क्षेत्रिय समितिले उमेदवारको आफै निर्णय गर्न सक्ने छ भने बिबाद भएमा जिल्ला समितिमा सिफारिस गर्ने ब्यबस्था छ । उमेदवारको अन्तिम निर्णय भने बैषाख दोस्रो साता मात्रै हुनेछ ।


वडा कमिटीहरुबाट सिफारिस भएर आएपछि नगरसमितिले उमेदवारहरुको सिफारिस गरेको भए उपयुक्त हुने भन्दै निर्णयमा असन्तुष्टि समेत देखिएको छ । कांग्रेसका युवा नेता मोहन आचार्यले वडाको सिफारिस आएपछि निर्णय गर्नुपर्नेमा हतारमा निर्णय भएको बताए । ‘जोशी आफै संयोजक रहेको समितिले हतारमा आफैलाई मात्रै निर्णय गराउनु हुन्थेन’ अन्य आकाँक्षीहरुको नाम पनि क्षेत्रिय समितिमा पठाउनुपथ्र्यो’ कुस्मा नगरपालिका वडा न ४ को वडा समितिले भने रामचन्द्र जोशी र मोहन आचार्यको नाम प्रमुखमा सिफारिस गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!