माओवादी केन्द्र ढोरपाटन नगर निर्वाचन परिचालन संयोजकमा तुल्सिराम अर्याल

Posted on: 08 Apr, 2017


कृष्ण कँडेल/चैत २६, बागलुङ । नेकपा माओवादी केन्द्रले बागलुङको ढोरपाटन नगरपालिकामा निर्वाचन परिचालन समिति गठन गरेको छ । 

आज बुर्तिबाङ बजारमा भएको नगरसमितिको बैठकले राष्ट्रि सम्मेलन आयोजक समिति सदस्य तथा जिल्ला अनुसासन समिति सदस्य तुल्सीराम आर्यालको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

नगरपालिका स्तरिय बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले स्थानिय तहको पुनर्संरचनापछि सिंहदरबारको अधिकार गाउँ र नगरमा आएको भन्दै स्थानिय तहलाई बालियो बनाउन सक्षम जनप्रतिनिधि निर्वाचित गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्यालले गाउँ र टोलका नागरिकको समस्या बुझेर त्यसको समाधानको लागि काम गर्न सक्ने र स्थानिय तह सञ्चालनको न्युनतम ज्ञान भएकालाई उम्मेद्वार बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले माओवादी आन्दोलनले स्थापित गरेका राजनितिक मुद्धाहरुको कायान्वयनका लागि माओवादीकै नेतृत्व आबश्यक रहेको कुरा नागरिकलाई बुझाउन आग्रह गर्नुभएको छ । 

कार्यक्रममा केन्द्रिय सल्लाहकार सेरमान घर्ती, माओवादी नेता ददिराम शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, दलित अगुवा ज्ञानबहादुर विक लगायतले मन्तव्य राख्नुभएको थियो । 


जिल्ला कार्यालयको बैठकको निर्णय सहितको परिपत्र शिक्षक संगठनका नेता दिपक घिमिरेले बाचन गर्नुभएको थियो भने नगरका ९ वटै वडाका अध्यक्षले वडामा पार्टिको अबस्था लगायतको विषयमा रिपोर्टिङ गरेका थिए । राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका सहईन्चार्ज चन्द्रलाल आर्यालले उम्मेद्वार छनोट लगायत जिल्ला पार्टि र नगर समितिले परिपत्र गरेको निर्णय कार्यान्वयनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।   

बैठकले सवैवडामा पार्टिको वडा कार्यालय स्थापना गरि कार्यसम्पादन सुरु गर्ने, बैसाख १ गते भित्र वडाबाट चुनाव लड्ने उम्मेद्वारको टुङ्गा लगाएर नगरकमिटिमा सिफारिस गर्ने, बैसाख १ गते हुने नगर सम्मेलनको तयारीमा जुट्ने लगायतका निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

बैठक ढोरपाटन नगरपालिकाका सहईन्चार्ज चन्द्रलाल आर्यालको अध्यक्षता, संयोजक भिम गौतमको स्वागत र रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । यसैविच आजै भएको माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–१ को बैठकले वडा अध्यक्षको नाम नगरसमितिमा सिफारिस गर्ने निर्णय गरेको छ । 

वडा अध्यक्ष चित्रबहादुर भण्डारी, पुर्णबहादुर विक र लालबहादुर घर्तीको नाम वडाअध्यक्षको उम्मेद्वारका लागि नगरसमितिमा सिफारिस गर्ने निर्णय गरेको माओवादीले जनाएको छ । 

वडा सदस्य अर्को बैठकले टुङ्गो लगाउने अध्यक्ष चित्रबहादुर भण्डारीले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!