बागलुङको क्षेत्र नम्बर–३ मा क्रान्तिकारी माओवादीको चुनावि मोर्चा गठन

Posted on: 08 Apr, 2017

कृष्ण कँडेल/चैत २६, बागलुङ । नेकपा क्रान्तिकारी माओवादीको बैधानिक मार्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आज ढोरपान गरपालिकाको बुर्तिबाङ बजारमा भएको छ । 

पार्टिका केन्द्रिय सदस्य तथा म्याग्दी–बागलुङ ईन्चार्ज निलबहादुर पुनको विशेष उपस्थितीमा भएको भेलाले पार्टिको केन्द्रिय निर्णय अनुसार बैसाख ३१ गतेका लागि तय भएको स्थानिय तहको निर्वाचनमा मोर्चा मार्फत सहभागी हुने निर्णय गरेको छ । 

भेलाले हेमेन्द्र घर्तीको अध्यक्षतामा ६५ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चाको बागलुङ निर्वाचन क्षेत्र नम्बसर–३ को क्षेत्रीय समिति गठन गरेको छ । निर्वाचनमा सहभासगी हुँदै स्थानिय स्तरका गितिविधिमा सहभागी हुन मोर्चा गठन गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ । त्यस्तै गुञ्जबहादुर भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय निर्वाचन परिचान समिति पनि गठन गरिएको छ । 

कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य निलबहादुर पुनले पार्टिको केन्द्रिय निती अनुसार स्थानिय निर्वाचनमा भाग लिईने भन्दै सम्पुर्ण नेता तथा कार्यकर्तालाई निर्वाचन केन्द्रित अभियानमा जुट्न निर्देशन सहित प्रशिक्षण गर्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!