बागलुङको ढोरपाटन नगरपालिकामा नवआगन्तुक निमित्त कार्यकारी अधिकृतलाई स्वागत

Posted on: 09 Apr, 2017

कृष्ण कँडेल | चैत्र २७, बागलुङ | बागलुङको ढोरपाटन नगरपालिका नवआगत निमित्त कार्यकारी अधिकृतलाई स्वागत तथा परिचयात्म कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

कार्यक्रममा बोल्दै नवआगन्तुक निमित्त कार्यकारी अधिकृत रामप्रसाद आचार्यले नयाँ संरचनामा अधिकार सम्पन्न स्थानिय तह बनेको भन्दै त्यसको कार्यान्वय, सेवा प्रवाह र स्थानिय बिकासका लागि निर्वाचन मार्फत जनप्रतिनिधि आवश्यक पर्नेमा जोड दिनुभयो । 

उहाँले सुरुमा नगरपालिकाको कार्यालयका लागि घरभाडमा लिने, कार्यालय व्यवस्थापन गर्ने जस्ता काम पहिला गर्नुपर्ने भएकाले प्रक्रिया अघि बढार्ईको जानकरी दिनुभयो । उहाँले स्थानिय सरोकारवालासँग मिलेर काम गर्ने भन्दै सहयोगका लागि आग्रह गर्नुभएको छ । 

कार्यक्रममा नेपाली काँग्रशका ढोरपाटन नगर संयोजक सालिकराम शर्मा, एमालेका नगरसचिव ज्ञानप्रसाद कँडेल, माओवादी केन्द्रका नगर सहईन्चार्ज चन्द् अर्याल, नयाँशक्ति नेपाल पार्टिका नगर संयोजक टेकबहादुर कुँवर, नेकपा क्रान्तिकारी माओवादीका नगर ईन्चार्ज गुञ्जबहादुर भण्डारी र बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणि शर्माले नयाँ कार्यकारी अधिकृतलाई स्वागत गर्दै स्थानिय कार्यसम्पादनमा मिलेर काम गर्ने बताएका थिए ।

सो अवसरमा ढोरपाटन नगरपालिकाका निवर्तमान निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले नयाँ निमित्त कार्यकारी अधिकृत रामप्रसाद अचार्यलाई दोसल्ला ओडाएर स्वागत गर्नुभएको थियो । 

कार्यक्रम निमित्त कार्यकारी अधिकृत अचार्यको अध्यक्षता र चुडामणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!