पार्टीले टिकटमात्रै दिए फलेवास २ थापाठानामा नेकाको झण्डा फरफराउँछ

Posted on: 11 Apr, 2017

पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्डारी कुवँरले दाबेदारी गरेका छन् । नेपाली काँग्रेसमा ०४६ सालबाटनै लागेका उनी यतिबेला संघीय गणतन्त्र अन्तरगत बैशाख ३१ मा हुन लागेको स्थानीय तहको चुनावमा होमिने सुरसारमा देखिएका छन् । उनी सो क्षेत्रको बलियो उम्मेदवारका रुपमा समेत गनिएका छन् ।

पार्टीबाट टिकट मिलाउनको लागि र आफ्नो चुनावी प्रचारप्रसारका साथै आफ्नो पक्षमा माहोल बनाउनको लागि उनी यतिबेला लागि परेका छन् । वडा अध्यक्षको लागि उनको धौडधुप चलिरहेको छ भने सोही अनुसार मतदाताहरुलाई आफ्नो पक्षमा पार्नको लागि समेत उनले जागरण अभियान थालेको बुझिएको छ । 


थापाठानामा आफ्नो बचश्र्व कायम रहेको भन्दै उनले दाबेदारी गरेका छन् । राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका भण्डारी वडा अध्यक्षको टिकट पार्टीले दिए आफ्नो विजय सुनुश्चित भएको बताउँछन् ।

भण्डारीले पार्टीले टिकट मात्रै दिए काँग्रेसको झण्डा थापाठानामा फहराउने सोचमा छन् । भूतपूर्व शैनिक संघ पर्वतका जिल्ला सचिव समेत रहेका भण्डारी सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति पनि हुन् । उनी रोटरी क्लब अफ पर्वतका संस्थापकका साथै डाइरेक्टर समेत हुन् । त्यतिमात्रै नभएर उनी उद्योग बाणिज्य संघ जिल्ला शाखा पर्वतको कार्यसमिति सदस्यमा रही काम गरेका छन् । 

बाजेको सेकुवा कर्नरका संचालक समेत रहेका भण्डारी चुनावको लागि धौडधुप गरेका छन् । सोही अनुसार आफूले टिकट पाउनेमा समेत उनि विश्वस्त देखिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!