सोलुखुम्बुमा महिलाभन्दा पुरुष मतदाता दुईजना बढी

Posted on: 12 Apr, 2017

चैत ३०, सोलुखुम्बु । सोलुखुम्बुमा महिला मतदाताभन्दा पुरुष मतदाता दुईजनाले बढी देखिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा मतदान गर्न पाउने पुरुष मतदाताको सङ्ख्या ३० हजार आठ सय ७४ जना रहेको छ भने महिला मतदाताको सङ्ख्या ३० हजार आठ सय ७२ जना रहेको छ । 

जिल्लाको कुल मतदाता सङ्ख्या ६१ हजार सात सय ४६ जना छ । यो सङ्ख्या संविधानसभा निर्वाचन २०७० को भन्दा नौ हजार २१ जनाले बढी हो । संविधान सभा निर्वाचन २०७० मा सोलुखुम्बुमा ५२ हजार सात सय २५ मतदाता थिए । 

यस्तै आगामी वैशाख ३१ को निर्वाचनका लागि सोलुखुम्बुमा एक सय १९ वटा मतदान केन्द्र तोकिएको छ । २०७० मा एक सय नौ स्थायी र दुईवटा अस्थायी गरी एक सय ११ वटा मतदान केन्द्र रहेकामा यस पटक १० वटा मतदान केन्द्र थपिएका हुन् । 

आगामी निर्वाचनमा सहभागिताका लागि सोलुखुम्बुमा ११ वटा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख खिमादेवी लङेवाले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!