नेपाल कम्युनिष्ट पार्टीका सेक्रेटरीसहित चार जना पक्राउ

Posted on: 13 Apr, 2017

कृष्ण कँडेल/चैत ३१, बागलुङ ।  निर्वाचन विरोधि गतिविधिमा सहभागि भएको भन्दै प्रहरीले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि बागलुङका सेक्रेटरी सहित ४ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–४ लाममेलामा पार्टिको एकीकृत जनजागरण तथा प्रतिरोध कार्यक्रमको तयारी गर्दै गर्दा सेक्रेटरी छमबहादुर सेन, जिल्ला सदस्यहरु बाबुराम आचार्य, डिलबहादुर कुमाल र सुमित घर्तीलाई  प्रहरीले कार्यक्रम स्थालबाटै बिहिबार दिउसो १ बजे पक्राउ गरेको हो । 

आगामि स्थानिय तहको निर्वाचनको विरोध गर्दै कार्यक्रम गर्न लागिएको भन्ने सुचनाका आधारमा उनिहरुलाई सोधपुछका लागि पक्राउ गरिएको बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी ईन्सपेक्टर कृष्ण राना मगरको नेतृत्वमा गएको 

टोलीले पक्राउ गरि उनिहरुलाई बुर्तिबाङमा ल्याएको छ । सांस्कृतिक प्रस्तुतिको तयारी गरिरहेको कलाकारको समुहलाई भने प्रहरी पक्राउ गरेको छैन । उनिहरु कार्यक्रम स्थलबाट फर्र्किएका छन् । 

पार्टिका जिल्ला ईन्चार्ज बिकिरण क्षेत्रीले एक विज्ञाप्ति प्रकाशन गरि शान्तिपुर्ण रुपमा कार्यक्रममा सहभागि भईरहेका आफ्ना नेता कार्याकर्तालाई बल प्रयोग गरि प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।  

नेपाल कम्युनिष्ट पार्टिले निर्वाचनको खारेजी गर्ने भन्दै चैत्र ३१ गतेदेखि बैसाख ६ गतेसम्म जिल्लाको तमान, बोङ्गादोभान, बुर्तिबाङ, खर्बाङ, हटिया, बलेवा र बागलुङ बजारमा साँस्कृतिक प्रश्तुति सहित निर्वाचन खारेजीका लागि कार्यक्रम गर्ने यस अघि नै घोषणा गरेको थियो । 

बैसाख १० गते म्याग्दीको सदरमुकाम बेनीमा बजारमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको उपस्थितीमा धौलागिरी स्तरीय प्रतिरोध सभा गर्ने घोषणा गरेको छ ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!