विहादी गाउँपालिकामा नेकाको वडा उम्मेदवार सिफारिस

Posted on: 15 Apr, 2017

नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

भेलाले अध्यक्षमा रन बहादुर आलेलाइ सहमतिका आधारमा सिफारिस गरेको छ । युवा राजनीतिमा सकृय रहेका आले बिध्यार्थीकालीन समयदेखी राजनितिमा प्रवेश गरेका हुन । उनी बिहादी गाउपालिका ओडा नम्बर ३ रानिपानीका तरुन दलका अध्यक्ष समेत हुन ।

त्यस्तै भेलाले खुल्ला सदस्य मा घन बहादुर क्षेत्रीलाइ चयन गरेको छ । त्यस्तै भेलाले सदस्य मा घन बहादुर क्षेत्री र रम बहादुर कुमाललाइ चयन गरेको छ ।

महिलातर्फबाट खुल्ला सदस्यमा झलका ढकाल र दलित महिला सदस्यमा नरमाया सुनारलाइ चयन गरेक छ ।

आसन्न स्थानिय तहको निर्वाचनमा काङ्ग्रेसले सबै पद जित्ने निस्चित रहेको र सोही अनुरुपको माहोल बन्दै गइरहेको वार्ड नं ३ का सभापति पराजुलिले बताए । चयन भएका उम्मेद्वारलाइ सकृयताका साथ चुनावमा लाग्न समेत उनले सुझाव दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!