नेपाली काँग्रेस फलेवास नगरपालिकाको उम्मेदवारमा भुसाल दावेदारी

Posted on: 17 Apr, 2017

पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट उपमेयरमा आफूले टिकट पाउनुपर्ने दावी प्रस्तुत गरेकी छिन् ।

उनले आफू विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसमा होमिएको बताउँदै नेपाल विद्यार्थी संघ र तरुण दलको लामो अनुभवले आफूलाई पार्टीमा खारिएर लाग्न प्रेरणा मिलेको बताइन् । कक्षा ८ बाट नेपाल विद्यार्थी संघमा आवद्ध भुसाल नेपाल विद्यार्थी संघ पर्वत जिल्ला कार्यसमितिको कोषाध्यक्ष, गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष हुँदै नेपाली काँग्रेसको १२औं महाधिवेशनमा क्षेत्रीय सदस्यमा अत्याधिक मतले विजयी भएकी थिइन् । उनी नेपाली काँग्रेसको १३औं महाधिवेशनमा समेत महिला प्रतिनिधिमा भारी मतले जियी भएकी महाधिवेशन प्रतिनिधिमा चयन भएकी थिइन् । भुसाल हाल तरुण दलको केन्द्रीय पार्षद समेत हुन् । 


भुसाललले आफ्नो दावेदारी रहने बताउँदै भोट माग्न गाउँगाउँ जान थालेपछि नेपाली काँग्रेस फलेवासमा मेयरका लागि महिला उम्मेदवारको संख्या तीन पुगेको छ । यस अघि नै रेखा गुरुङ र राधा कुँवर क्षेत्रीले आफूहरुको समेत नेपाली काँग्रेसको तर्फबाट मेरयरमा शसक्त दावेदारी रहेको भन्दै टिकटका लागि लविङ थालिसकेका छन् । उसो त पुरुष उम्मेदवारहरुको समेत मेयरमा ठूलै भीड रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!