ढोरपाटन नगरपालिकामा बाम दल तालमेल गरेर चुनाब लड्ने

Posted on: 17 Apr, 2017


कृष्ण कँडेल/बैसाख ४, बागलुङ । लगातारको छलफलपछि बागलुङको ढोरपाटन नगरपालिकामा क्रियाशिल कम्युनिष्ट पार्टी आगमी स्थानिय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न सहमत भएका छन् । 

आज बुर्तिबाङमा भएको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीका नेता विचको छलफल पनि उनिहरु चुनाबि मोर्चाबन्दी गरेर जान सहमत भएका हुन् । 

चुनाबि तालमेलामा आउन राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपाल पार्टीलाई पनि आव्हान गर्ने निर्णय भएको एमाले नेता मोहनलाल शर्माले जानकारी दिनुभयो । 

‘आगामी बैसाख ३१ गने हुने स्थानिय निर्वाचनका लागि ढोरपाटन नगरपालिकामा वृहद बामपन्थी तालमेल गरेर जान हामी पुर्णत सहमत भएका छौँ’ तिनपार्टी विचको बैठककोे निर्णयमा उल्लेख छ, ‘राष्ट्रिय जनमोर्चालाई पनि चुनाबि मोर्चामा सहभागी हुन सामुहिक आव्हान गर्दछौँ ।’

जनमोर्चा र नयाँ शक्ति पार्टीलाई पनि एउटै मोर्चामा सामेल भएर स्थानिय निर्वाचनमा जाने वातावरण बनाउन अत्याधिक पहल गर्ने निर्णय भएको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा म्याग्दी–बागलुङ ईञ्चार्ज निलबहादुर पुनले जानकारी दिनुभयो ।

बिभिन्न चरणमा भएका अनौपचारिक छलफल पछि बामपन्थी मिलेर निर्वाचनमा जाने औपचारिक सहमती भएको र निरन्तर छलफल गरेर पदको बाँडफाड सहितको निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् । 

आजको बैठकमा एमालेको तर्फबाट नेता मोहनलाल शर्मा र जिल्ला सदस्य केसर छन्त्याल, माओवादी केन्द्रको तर्फबाट जिल्ला स्तरिय बार्ता टालीका सदस्य तुल्सीराम आर्याल र ढोरपाटन नगरपालिका अध्यक्ष चन्दै आर्याल तथा क्रान्तिकारी माओवादीको तर्फबाट केन्द्रिय सदस्य निलहबहदुर पुन सँगै जिल्ला सदस्यहरु वीरबहादुर विश्वकर्मा र गुञ्जबहादुर भण्डारी सहभागी हुनुहुन्थ्यो । 

यसअघि चैत्र ३० र बैसाख ३ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी माओवादी विच छलफल भएको थियो । आज बिहान पनि द्विपक्षिय, त्रिपक्षिय र सर्वपक्षिय बैठक भएको माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले जानकरी दिनुभयो । 

चुनाबि मोर्चामा मिलेर जनो निर्णय गरेको दिउसोको बैठकमा भने जनमोर्चाका नेताहरु पार्टीको कार्यक्रमका लागि निसीखोला गएका कारण सहभागी नभएको बताईएको छ ।

जनमोर्चासँग पनि थप छलफल गरेर अघि बढ्ने निर्णय भएको एमालेका जिल्ला सदस्य केसर छन्त्यालले जानकरी दिनुभयो । 

जिल्लामा पनि आ–आफ्नो पार्टी मार्फत ढोरपाटन नगरपालिकामा चुनाबि एकाता गरेर जान आफुहरु सहमत भएको निष्कश पु¥याउने नेताहरुले बताएका छन् । 



 

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!