माओवादीले जित्ने पूर्वगृहमन्त्री शक्ति बस्नेतको यस्तो विश्लेषण

Posted on: 18 Apr, 2017

हुम्ला, ५ वैशाख । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन पुरानै चुनावको पुनरावृति नभएको बताएका छन । प्रेस सेन्टर नेपाल हुम्लाले आयोजना गरेको कार्यक्रमा बस्नेतले यस्तो बताएका हुन ।

एक युग अन्त्य भई नयाँ युग सुरु भएको यो स्थितिमा स्थानीय तहको चुनावले कानुन बनाउने र नीति निमार्ण गर्ने जिम्मा पाएको पुर्व गृहमन्त्री बस्नेतले बताएका छन । यो स्थानीय तहको चुनाव बिसौं वर्ष पछि स्थानीय तहको निर्वाचन भएकोले मुलुक हाल माओवादी केन्द्रले तय गरेको एजेण्डाको वरिपरि रहेको बताए ।खबरडबलीले खबर लेखेको छ ।

उनले यो मार्ग चित्र केही राजनीतिक दलका नेताहरुलाई अपाच्य भइरहेकोले चुनाव हुन नदिने क्रियाकलाप र खेल खलिरहेका बताए । हाल यो संविधान कार्यान्वयनको लागि स्थानीय तहको निर्वाचन हुन आवश्यक भएको र प्राप्त परिर्वतन एजेण्डाहरुलाई संस्थागत गर्ने नेपाली कांग्रेस र नेकपा एमालेलाई खासै चिन्ता नभएकोले यसलाई संस्थागत गर्ने माओवादीले चिन्ता गरेको बताएका हुन ।

हालको सरकारले निर्वाचन धेरै भन्दा धेरै दल निर्वाचन समावेश गर्ने सकेमा प्रभावकारी हुने भएकोले यो प्रयासमा माओवादी केन्द्रले ठुलो भुमिका खेलेको बताए । पार्टीको प्रशिक्षणमा हुम्ला पुगेका बस्नेतले तराई मुलका पार्टीहरुलाई आन्तरिक रुपमा चुनाव लागिसकेको र बाहिर आन्दोलनको नाटक मात्र गरेका बताए ।

हुम्लाका ७ वटै गाँउपालिकामा माओवादी केन्द्रले जित्ने दाबी गरेका छन । उनले यदी ७ वटा गाँउपालिका जित्ने नसके ५ वटा गाँउपालिका अनिर्वाय जित्नु पर्ने बस्नेतले कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र सरकारमा हुँदा हालको सरकार एसियाकै उत्कृष्ट आर्थिक वृद्धिदर गराउन सफल भएको यस्तै लोडसेडिङ्ग मूक्त नेपाल बनाउने काम वर्तमान सरकारको ठुलो उपलब्धी रहेको बताए । बस्नेतले जनप्रिय प्रशासन बनाउन माओवादी केन्द्रका मन्त्रीले काम गर्ने वर्तमान सरकार सफल भएको दाबी गरेका छन ।

अबको निर्वाचनमा हामी चुनाव जित्न भन्दा पनि हाल तय भएका एजेण्डालाई संस्थागत बनाउन माओवादी केन्द्र केन्द्रीत भएको र अरु कुनै पार्टीले चाहेर पनि गर्ने नसकिने भएकोले माओवादी पार्टी त्यस प्रति केन्द्रीत हुनुपर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!