नेविसंघका सदस्यलाई तामनमा स्थानिय निर्वाचन बारेमा सहजिकरण

Posted on: 19 Apr, 2017

कृष्ण कँडेल | बैशाख ६, बागलुङ | नेपाल विद्यार्थी संघ जिल्ला कार्यासमिति बागलुङले निर्वाचन परिचालन तथा विद्यार्थी प्रशिक्षण अभियान अन्तरगतको कार्यक्रम निसीखोलाको केन्द्र बोङ्गादोभानमा मंगलबार गरेको छ । 

कार्यक्रममा नेविसंघमा आबद्ध विद्यार्थीहरुलाई आगामी स्थानिय निर्वाचन, निर्वाचनमा पार्टीलाई जिताउन विद्यार्थीको भुमिका, मतदाता शिक्षा लगायतको विषयमा अधिबक्ता तथा प्राध्यापक नरेन्द्रप्रताप बुढाथोकी र नेपाल शिक्षक संघका तामानखोला गाउँपालिका संयोजक सत्यनारायण मण्डलले सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जीत सेरचनले संविधान कार्यान्वय, लोकतन्त्रको संस्थागत र मुलुकको समृद्धिका लागि नेपाली काँग्रेशको नेतृत्व आवश्यक रहेको भन्दै त्यसका लागि आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्न नागरिकलाई आग्रह गर्दै अभियानमा जुट्न निर्देशन दिनुभयो । 

सो अबसरमा काँग्रसबाट तामानखोला गाउँपालिकाका उम्मेद्वार जोगलाल बुढाले स्थानिय सुशासन र विकासका लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उपाध्यक्षका उम्मेद्वार मानसरी सेरचन, पार्टीका गाउँपालिका संयोजक खगेन्द्रमान पुन, सहसंयोजक झकबहादुर बुढा, वडा नम्बर–१ का अध्यक्षका उम्मेद्वार धर्मबहादुर घर्ती, सदस्यका उम्मेद्वारहरु उठविर विक र मोहनकुमार घर्तीले पनि मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम नेविसंघ बागलुङका अध्यक्ष खडक थापाको अध्यक्षता र वसन्त घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!