फलेवासमा माओवादी केन्द्रको ४५ सदस्यीय नगरकमिटि गठन

Posted on: 19 Apr, 2017

नेकपा माओवादी केन्द फलेवास नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । फलेवास नगरपालिकाको नगर अध्यक्षका रुपमा प्रेम राना चयन भएका छन् । रानाको नेतृत्वमा ४५ सदस्यीय नगरस्तरीय कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा मेघलाल विश्वकर्मा, सचिवमा कमलप्रसाद भुषाल, कोषाध्यक्षमा शोभा पौडेल र सहसचिवमा नरनाथ सापकोटा सर्वसहमत रुपमा चयन भएका छन् ।

पोलिटव्यूरो सदस्य नेत्र अधिकारीको आथित्यतामा भएको कार्यक्रममा बोल्दै अधिकारीले माओवादी केन्द्र नेतृत्वको सरकारले चुनाव तोकिएकै मितिमा सम्पन्न गराउन सके पनि जित हुने बताए । जनयुद्धका समयमा माओवादीले अघि सारेका एजेण्डामानै अहिले देश चलिरहेको र स्थानीय तहको चुनाव सहज बातबरणमा सम्पन्न भए माओवादी केन्द्रले अघि सारेका एजेण्डाहरुको पहिलो जित हुने बताए । 

उनले स्थानीय तहको चुनाव संघीयताको स्वरुपमा हुन लागेको र केन्द्रिय अधिकार अब नागरिकको घरघरमा आउन लागेको बताए । स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई विजय गराउनको लागि सवै एकिकृत हुनपर्ने बेला आएको उनले बताए । 

जसको एजेण्डा उसको विजय सुनुश्चित हुन जरुरी छ , नत्र देशले प्राप्त गरेको संविधान लगायतका उपलब्धी खतरामा पर्ने भन्दै उनले संविधान कार्यान्यन गर्दै समृद्ध र उज्यालो नेपाल विकासको लागि पनि माओवादी केन्द्रको जीत हुनुपर्नेमा जोड दिए ।

केन्द्रिय सल्लाहकार नरेन्द्रपसाद गौतम, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य मेघलाल विश्वकर्मा लगायतले बोलेका थिए । प्रेम रानाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत गगनबहादुर थापा र कार्यक्रमको संचालन शोभा पौडेलले गरेकी थिइन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!