कुश्मा नगरपालिकामा राप्रपाबाट मेयरमा पौडेल र उमपेयरमा गिरी उठ्ने !

Posted on: 21 Apr, 2017

पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतका नगर र गाउपालिकाहरुमा राजनीतिक दलहरुले आआफना उमेदवार चयन गर्ने प्रकृयालाई तिब्रता दिई रहेका छन् । यसै सिलसिलामा राप्रपा पर्वतले कुस्मा नगरपालिकाको मेयर उपमेयर लगायत वडा अध्यक्षहरुमा उमेदवारहरुको टुंगो लगाएको छ । उम्मेदवारको टुंगो लगाउनको लागि शीर्ष दललाई हम्मेहम्मे परेता पनि राप्रपाले भने सहज तरिकाले कुश्मा नगरपालिकाको मेयर, उपमेयर तथा अन्य वडा अध्यक्षहरुको टुंगो लगाएको हो ।

सदरमुकाम रहेको कुस्मा नगरपालिकाको मेयर पदमा पार्टीका जुझारु युवा नेता प्रकाश पौडेल र उपमेयरमा चर्चित समाजसेवी मानकुमारी गिरीलाई उठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष ईश्वर गिरीका अध्यक्षतामा शुक्रवार बसेको बैठकले नगरपालिकाका वडाध्यक्षहरुमा वडा १ देखी १४ सम्म क्रमश ठाकुरबम मल्ल, मानबहादुर पौडेल क्षेत्री, समन गुरुङ, राजन गुरुङ, अशोक गुरुङ, यमबहादुर भण्डारी, भुवन पुरी, केशव शर्मा पौडेल, रघुनाथ अधिकारी, सुदिप पौडेल, प्रकाश खडका, गुरुदत्त शर्मा, नरबहादुर क्षेत्री र भीमबहादुर गुरुङलाई उमेदवार उठाउने निर्णय गरेको हो । पार्टीले फलेवास नगरपालिका लगायत अन्य गाउपालिकाहरुमा पनि छिट्टै उमेदवारहरु तय गर्ने बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!