अध्यक्षका ३ र उपाध्यक्षका ६ आकांक्षीविच एमाले वडिगाडमा सर्बसम्मत उम्मेद्वार

Posted on: 22 Apr, 2017

कृष्ण कँडेल/बैसाख ९, बागलुङ । नेकपा एमालेले आगामी स्थानिय तहको निर्वाचनका लागि बडिगाड गाउँपालिकाबाट उम्मेद्वार सर्बसम्मत चयन गरेको छ । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यको पनि नाम टुङ्ग्याईएको हो । निरन्तरको छलफल पछि एमाले बडिगाड गाउँपालिका स्तरिय कमिटिको बैठकले सर्बसम्मत उम्मेद्वार चयन गरेको क्षेत्रीय सदस्य दिनेश शर्माले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्षमा मेयरसिंह पाईजा र उपाध्यक्षमा  उषा घिमिरेलाई चुनाब लडाउने निर्णय गरेको हो । यसअघि गाउँपालिका अध्यक्षमा ३ जना र उपाध्यक्षमा ६ जनाको दाबि रहेको थियो । छलफलपछि सर्बसम्मत गरेर १÷१ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको शर्माको भनाई छ । 

वडा नम्बर १ को अध्यक्षमा बिना थापा, २ को अध्यक्षमा विष्ष्णु भुषाल र ३ को अध्यक्षमा खडकबहादुर पुन लाई सर्बसम्मत गरिएको छ ।  त्यस्तै वडा नम्बर–४ मा प्रेम गलामी, ५ मा कमलराज आचार्य, ६ मा भने मनकुमारी श्रेष्ठ र फौजबहादुर केसी गरि वडा अध्यक्षमा दुई जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको छ । 

यता वडा नम्बर–७ मा भने दिनेश शर्मा, गंगा गुरुङ, दिपक रायमाझि र कृष्णब घर्ती चारै जनाले दाबि नछोडेपछि सबैको नाम जिल्ला पठाईने भएको छ । वडा नम्बर–८ बाट अध्यक्षमा यमबहादुर श्रीस र वडा नम्बर–९ मा कृष्णबहादुर खत्रीको नाम सर्बसम्मत सिफारिस भएको छ । वडा नम्ब–१० मा भने वडा अध्यक्षको उम्मेद्वार टुङ्गो लाग्न बाँकी रहेकोे छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!