भूपू शैनिक संघले खोज्यो पार्टीमा अधिकार

Posted on: 22 Apr, 2017

पर्वत । नेपाल शैनिक संघ पर्वतले स्थानीय तहको चुनावमा आफ्नो संघबाट पनि उम्मेदवारी  बनाउनुपर्ने भन्दै पार्टीमा आफ्नो अधिकार खोजेको छ ।  स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । पार्टीलाई उम्मेदवार छनोट ्गर्नको लागि हम्मेहम्मे परेको अबस्था छ । 

पार्टीले कसलाई टिकट दिने र कसरी उम्मेदवार छनोट  गर्ने भन्ने बारेमा शीर्ष दलहरुमा विवाद चलिरहेकै बेला नेपाल भूपू सैनिक  संघले आफ्नो पनि पार्टीभित्र अधिकार स्थापित हुनुपर्ने भन्दै अधिकारको माग गरेको छ । नेपाली काँग्रेस आवद्ध भूपू सैनिक संघले आफ्नो अधिकार खोजेको हो । जिल्लामा हुने स्थानीय तहको उम्मेदवार छनोटमा आफ्नो संघबाट पनि छनोट हुनुपर्ने माग राखेको छ । 

मेयर, उपमेयर, वडा अध्यक्ष वा अन्य तहमा भएपनि भूपू शैनिकलाई पार्टीले राजनीतिक अधिकार दिनुपर्ने माग गरेको छ । 

यसैविच भूपू सैनिक संघका जिल्ला सचिव नवराज भण्डारी कुवँरले फलेवास नगरपालिका २ थापाठानाबाट वडा अध्यक्षको लागि दाबी गरेका छन् । उनले भूपू सैनिकले पार्टीमा गरेको योगदानको कदर गदै आफूलाई पार्टीले टिकट दिनुपर्ने माग समेत गरेका छन् । आफूले टिकट प्राप्त गरे विजय शुनुश्चित भएको दाबी गर्ने उनले वडा अध्यक्षमा दाबी गरेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!