पर्वतमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल –केपी ओली प्रचण्ड गुहार्दै

Posted on: 23 Apr, 2017

पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्यापी रुपमा बडार्ने सोचका साथ नेपाली काँग्रेस र माओवादी केन्द्रले योजना बनाएको बुझिएको छ । जिल्लामा एमालेको पत्ता साफ गर्ने अभियान लिएर अब काँग्रेस र माओवादी एक हुन सक्ने संकेत देखिएको छ ।

माओवादी केन्द्रको रणनीति कसरी हुन्छ देशमा एमालेको पत्ता साफ गराउने अभियान स्वरुप केन्द्रिय तह देखि स्थानीय तहसम्म रणनीति तय हुन लागेको बुझिएको छ । 

शर्माका अनुसार पार्टीले अन्य दलहरुसँग मिलेर चुनाव लड्न सकिने गरि नीति तय गरेकाले स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ । माओवादी केन्द्रले जिल्लामा कुनकुन क्षेत्रमा जित हासिल गर्छ भन्दा पनि कसरी जाँदा एमालेको शेष रहदैन भन्ने सोचका साथ लविङ गर्न थालिएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँग मिलेर एमालेलाई देशभरी पराजय गर्ने रणनीति तय गरेको सुइको पाएपछि एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई फकाउन थालेका छन् । ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई मिलेर जानको लागि आन्तरीक रुपमा फकाइरहेको बुझिएको छ । तर प्रचण्ड शेरबादुर देउवासाथमै रहेर एमाले सिध्याउने खेलमा रहेको देखिएको छ ।

भागबण्डकै आधारमा भएपनि काँग्रेस सँग गरे अगाडि बढ्ने माओवादीको योजनाले यतिबेला एमालेको सातो गएको छ । दुइ ठूला शक्ति मिलेर सत्ता पल्टाएको समयमा स्थानीय तहको चुनावमा पनि पल्टाउने हुन की भन्ने एमालेमा भय छ । त्यसैले पनि एमाले प्रचण्डलाई फकाउनको लागि परेको स्रोतको दाबी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!