माओवादी केन्द्रबाट कुश्मा नगरको मेयरमा गिरी र उपप्रमुखमा रिजाल

Posted on: 24 Apr, 2017


पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको हो ।

बिद्यार्थी राजनितिमा स्थापित रहेका शंकर गिरी माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन । उनी अखिल क्रान्तिकारीको पृथ्वीनारायण क्याम्पस हुँदै पर्वतको अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य समेत रहेका छन् ।

स्थानिय निर्वाचनमा माओवादीका नारा जनतालाई मन परेको साथै माओवादी कै नेतृत्वमा जनताको अधिकार सुनिश्चित भएकोले आफ्नो बिजय निश्चित भएको बताउँदै गिरीर्ले भने हामी जनताको आँगनमा गएका छौं र जनताको अधिकारको लागि निरन्तर लागिरहेका कारण आफुहरुको बिजयको बिकल्पै नभएको बताए ।

पर्वत जिल्लाको कुश्मा नगरको बिकासमा निरन्तर लागेक ागिरीले यसपाली पार्टी सरकारमा रहेको अबसरपारी नगर भित्र करोडौं रकम भित्राएका समेत छन् । कुश्मा नगरको बिकास गर्ने एजेण्डा आफुसँग भएको बताउँदै गिरीले भने माओवादीको सरकार र माओवादीको बिजयले मात्रै जनताको भलो हुन्छ ।

ब्यावस्थापनमा स्नातक र राजनितिशास्त्रमा स्नातकोत्तर अध्ययनरत गिरी कुश्मा नगरेको मेयरमा उेद्बार हुने कुराले कांग्रेस एमालेमा समेत खैलाबैला पैदा भएको छ । कुश्मा बजारका स्थानियबासी समेत रहेका गिरीले जनताको काम सरलताका साथ गर्न सक्ने तथा बिकासको एजेण्डालाई जनतामा लैजान सक्ने क्षेमता भएका चर्चामा छन् ।

माओवादी केन्द्रका केन्द्रिय स्तरका नेताहरुसँग सिधा सक्पर्कमा रहेका गिरी राजनैतिक र सामाजीक बिकास तथा समृद्धीको एजेण्डामा कुश्मा नगरलाई सबैभन्दा बिकासित बनाउन सक्ने दाबि गर्छन । 

यस्तै उपमेयरमा सिफारिस भएकी माओवादी नेतृ तारादेबि रिजाल शर्माले बिकासको काम गर्न तथा लामो समय देखि उपेक्षित हुँदै आएका महिलाको अधिकार सुनिश्चितको लागि आफ्नो बिकल्प नभएको बताउँछिन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!