चुनाव सरेपछि डडेल्धुराका मतदाता निराश

Posted on: 25 Apr, 2017

बैशाख १२, डडेल्धुरा । वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् । 

सात नम्बर प्रदेशको निर्वाचन जेष्ठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुनलागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेका हुन् । 

कामको सिलसिलामा भारतबाट काम छोडेर घर आएका मतदाता भन झन अन्यांैलमा परेका छन् । लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो की भन्ने चिन्ताले सताएको मतदाताको भनाइ छ । 

‘‘निर्वाचनका लागि भनेर नै भारतदेखि घर आइयो तर मिती नै सरेपछि अव के गर्ने कता जाने पिरोलो भयो ।” अमरगढी नगरपालिका– ७ का दीपक ताम्राकारले गुनसो गर्नुभभयो 

मतदाता मात्रै नभइ यहाँका राजनीतिक दलका नेता पनि अन्यांैलमा छन् । निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरुको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ । चुनावको मिति सरेपछि प्रचार–प्रसारमा लाग्ने कि नलाग्ने भनेर दोधार भइरहेको वडा सदस्यका लागि उम्मेदवारको आकाङ्क्षी दत्तिसिंह भण्डारीले बताउनुभयो । 

निर्वाचनको मिति पछि सरेसंगै यहाँस्थित राजनीतिक दलले उम्मेदवार चयन गर्ने काम पनि स्थगित गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!