शक्तिमा कुश्मा नगरपालिकामा मेयरमा शुनिल र उपमेयरमा पौडेलको उम्मेदवारी

Posted on: 30 Apr, 2017

पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थी संगठनको केन्द्रिय सदस्य हुन भने महिला शक्ति जिल्ला कार्य समिति  सदस्य हुन् ।

नयाँ शक्ति नेपालले नगरपालिकाको आर्थिक विकास र समृद्ध नेपाल निर्माणगर्ने मुख्य एजेण्डा तय गरेको छ । जिल्लामा उनीहरुको उम्मेदवारीले शीर्ष दलभित्रबाट युवापुस्ताको मत उनीहरुलाई जानेसक्ने अड्कलबाजी गरिएको छ  भने शीर्ष दलहरुको भोटर घट्ने बुझिएको छ । नयाँ शक्तिले अबको निकाश आर्थिक विकास, सवैको चाहाना विकास र समृद्धि त्यसका लागि घरघरमा नयाँ शक्ति, समृद्धी सम्भव छ हाम्रै पालामा जस्ता नाराहरु लिएर जनतामा जाने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!