माओवादी केन्द्र, एमाले र राजमो वीच चुनावी तालमेल– यस्तो छ पदीय भागबण्डा

Posted on: 30 Apr, 2017


पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्त सरकार बनाएको काँग्रेस र माओवादी केन्द्रविच संयुक्त प्यानल निर्माणको तयारी भैराखेको बेलामा बाग्लुङमा भने बामपन्थी दलहरु विच संयुक्त प्यानल बन्ने बलियो सम्भावना देखिएको छ । लामो माथापच्ची पछी बागलुङ जिल्लामा क्रियाशील बाम दलहरु आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर जाने सहमति नजिक पुगेका छन् । कुनै बिग्रह नपरे आज कुनै पनि समय बाम एकताको घोषणा हुने श्रोतको दाबी छ ।


बागलुङ जिल्लाका चार नगरपालिकाहरु मध्य बागलुङको मेयरमा एमाले, उमपेयरमा माओवादी केन्द्र, गल्कोटको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले, जैमिनी र ढोरपाटनको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा क्रमश एमाले र माओवादी केन्द्रलाई दिने सहमति भएको बुझिएको छ ।


यसैगरी काठेखोला र बडीगाड गाउपालिकाको प्रमुखमा एमाले, निसीखोला, ताराखोला र तमानखोला गाउपालिकाको प्रमुखमा माओवादी केन्द्र र बरेङ गाउपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको बामबृत्तमा चर्चा छ ।


यस अघी नेपाली काँग्रेस र माओवादी केन्द्रवीच केहि नगर र गाउपालिकामा सहमति भएको समाचार प्रकाशमा आएको थियो । पछिल्लो समय तीन बाम दलवीच चुनावी तालमेल बनेपछी काँग्रेर र माओवादी केन्द्रवीचको गठजोड बेकार हुने स्पष्ट भएको छ ।


एमाले र जनमोर्चाले आफना उमेदवारहरुको नाम यसअघिनै सार्वजनिक गरिसकेको छ भने माओवादी केन्द्रबाट को, को उमेदवार हुने भन्ने आज घोषणा हुनसक्ने समाचार श्रोतको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!