स्थानीय चुनावको मनोनयन दर्ता आजः २८३ स्थानमा चुनाव हुँदै

Posted on: 02 May, 2017

 काठमाडौं, १९ बैशाख । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।

३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा हुन लागेको मनोनयन दर्ताका लागी सोमबार अबेरसम्म पनि कतिपय स्थानमा ठुला दलहरुले उम्मेदवारहरुको टुगों लगाउन नसकेपनि मंगलबार विहानसम्म टुंग्याउने बताएका छन् ।

दर्ता भएका उम्मेदवारहरुको बारेमा बैशाख २० मा उजुरी गर्न पाइनेछ भने सोही दिन निर्बाचन आयोगले योग्य रहे नरहेको जाँच समेत गर्नेछ । बैशाख २१ गते उम्मेदवारहरुले नाम फिर्ता लिने र २२ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

प्रधानन्यायधिशमाथि सत्तारुढघटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले लगाएको महाअभियोग पश्चात चुनावका बारेमा बढेको अन्योलतालाई आजको मनोनयनले हटाउने छ भने प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले चुनाव कुनै पनि हालतमा सम्पन्न गर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!