पर्वतमा ३ सय ३५ पदका लागि १ हजार ९६ जनाको उम्मेदवारी, हेर्नुहोस् कुन पदमा कति उम्मेदवार

Posted on: 03 May, 2017

पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका हुन । पर्बतको मुख्य निर्बाचन अधिकृतको कार्यलयमा सोमबार १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत मोहनराज भट्राईले जानकारी दिनुभएको छ ।


सातवटा स्थानीय तह रहेको पर्बतमा मेयर र उपमेयर पदमा १४ जना प्रतिनिधि  छानिने भएपनि मेयर र उपमेयर पदमा ८४ जनाको उम्मेदबारी दर्ता भएको छ । स्थानिय तहको निर्बाचनको लागि पर्बतबाट प्रमुख तथा मेयर पदमा ५३ जनाको उम्मेदबारी दर्ता भएको छ भने स्बतन्त्रबाट मेयर पदको लागि ३ जनाले उम्मेदबारी दर्ता गराएका हुन । त्यस्तै उपाध्यक्ष तथा उपप्रमुख पदमा ३१ जनाको उम्मेदबारी परेको छ ।


त्यस्तै ६१ वडाहरुबाट १ सय २२ सदस्यका लागि २ सय ३६ जनाको उम्मेदबारी दर्ता भएको छ । ६१ महिला प्रतिनिधिको लागि महिलाबाट १ सय ८८ जनाको उम्मेदबारी  दर्ता भएको छ भने ६१ जनानै खुल्ला प्रतिनिधी रहनेमा खुल्ला सदस्यबाट ४ सय १३ जनाको उम्मेदबारी परेको छ । २ नगरपालिका बाट ३ जनाको दरले ६ जना र ५ गाँउपालिकाबाट २ जनाका दरले १० जनागरि जम्मा १६ जना दलित तथा अल्पसंख्यक सदस्यहरु छानिनेमा दलित तथा अल्पसंख्यक सदस्यहरुबाट १ सय ७५ को उम्मेदबारी परेको जिल्ला निर्बाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।


उहाँका अनुसार कुश्मा नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरि सबैभन्दा बढी २ सय ६२ जनाले उम्मेदबारी दर्ता गराएका छन् भने महाशिला गाउँपालिकामा सबै भन्दा कम ९५ जनाको उम्मेदबारी परेको छ । पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएपनि कुल ३ सय ३५ जना प्रतिनिधि छनौट हुनेछन् । भने पर्बतमा ९९ हजार ६ सय ७० जनाले मतदान गर्ने छन । दुई नगरपालिकाबाट

४४ हजार ४ सय ६९ जनाले मतदान गर्ने भएका छन भने ५ गाउँपालिकाबाट ५५ हजार १ सय ३६ जनाले मतदान गर्न पाउने भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!