लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध

Posted on: 04 May, 2017

वैशाख २१, लमजुङ । लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा गठबन्धन गरेर अघि बढेका दुई दलका दलित महिला सदस्यहरु निर्विरोध विजयी भएका हुन् । 

नेकपा एमालेको तर्फबाट क्होलासोथर गाउँपालिकाको वडा नम्बर ४ भुजुङमा दलित महिला सदस्यमा जालु दमै निर्विरोध निर्वाचित भएकी छन् । यस्तै दूधपोखरी गाउँपालिकाको वडा नम्बर ४ इलमपोखरीमा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सुनिता बिक निर्विरोध चयन भएको बताइएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!