एउटै वडाबाट प्रमुख पदमा तीन उम्मेदवार

Posted on: 04 May, 2017

पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासँगै अन्य साना दलहरुले पनि आफ्नो मनोनय दर्ता गरेका छन् । 

विषेश गरी तीन शीर्ष दलहको कडा प्रतिशपर्दा रहेको पर्वत जिल्लामा यतिबेला चुनावी माहोलले गाँजेको छ । राजनीतिक दलहरु मनोनय दर्तासँगै प्रचारप्रसारमा जुटेका छन् । कुश्मा बजार यतिबेला संगितमय बनेको छ । चुनावी गित बजाउँदै सवारी साधनहरु प्रचारप्रसारमा कुदिरहेका छन् । कार्यकर्ताहरु गाउँ तथा नगर वडाहरुमा पस्न थालेका छन् । आजको सहारान्यूज दैनिकमा खबर छ ।

आआफ्नो पार्टीलाई विजयी गराउनको लागि राजनीतिक दलका भादृसंगठनहरु यतिबेला लागि परेका छन् । माओवादी केन्द्रले वाइसिएललाई चुनाव प्रचारप्रसारका साथै  बुथ सुरक्षाको लागि परिचालन गर्ने भएको छ । प्रत्येक मतदान केन्द्रमा कम्तिमा एक सय भन्दा बढी वाइसिएल परिचालन गर्ने तयारी गरेको छ । सोही अनुसार नेपाली काँग्रेस र एमाले पनि गरेको छ ।

मोदी गाउँपालिकाको प्रमुख पदका लागि एक वडाबाट शीर्ष राजनीतिक दलहरुले आफ्नो उम्मेदवारी खडा गरेका छन् । मोदी गाउँपालिका ५ बाजुङबाट नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गाउँपालिकाको प्रमुखका रुपमा आफ्नो उम्मेदवार खडा गरेका हुन् । 

नेपाली काँग्रेसले मोदी गाउपालिकाको प्रमुख पदका लागि पार्टी सचिव एवं सोहि गाउँपालिका ५ बाजुङका विश्वप्रकाश प्रसाइलाई उम्मेदवारी बनाएको छ । साविक बाजुङ गाउँ विकास समिति ४ प्रसाइ थरका उनी प्रसाइ राजनीतिक तथा सामाजिक क्षेत्रमा निकै क्रियाशिल रहदै आएका छन् । सामाजिक संस्था नेष्डो नेपालका कार्यकारी समेत रहेका उनी, पत्रकार महासंघ पर्वतका संस्थापक सदस्य, जिल्ला बार एशोसेशनका मा समेत रहेका छन् । उनी सोहीमा मात्रै सिमित भने छैनन् । जिल्लामा रोटरी क्लब, मानवअधिकारबादी संघसंस्थामा समेत आवद्ध रहेका उनी मोदी गाउँपालिकाको बलियो उम्मेदवारका रुपमा मानिन्छन् । 

त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका प्रेम पौडेल पनि सोहि वडाका बासिन्दा हुन् । दुइ पटक सम्म साविक बाजुङ गाविसको अध्यक्ष बनेर काम गरेका उनी सामाजिक व्यक्तित्व पनि मानिन्छन् । विभिन्न एनजिओमा रहेर उनले काम गरेका छन् । पौडेलको ठाउँमा नेकपा एमालले पार्टी उपाध्यक्ष भत्त कुवँरलाई उठाउने निर्णय गरेता पनि प्रदेशले भने पौडेललाई चयन गरी पठाएको थियो ।

माओवादी केन्द्रबाट मोदी गाउँपालिकाका प्रमुखका रुपमा रहेका मनबहादुर क्षेत्री पनि बाजुङकै हुन् । द्वन्द्वकालनमा तत्तकाली सरकार पक्षबाट पक्राउ परी जेल सजाय समेत विताएका उनी सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका छन् । विभिन्न क्षेत्रमा नेतृत्व लिदै आएका पौडेल पनि मोदी गाउँपालिकाको बलियो उम्मेदवारका रुपमा रहेका छन् ।

यसैविच जलजला गाउँपालिकामा पनि गाउँपालिका प्रमुखमा साविक माझफाँट गाविसबाट तीन जनाको उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले साविकको एक गाविसबाट तीन जनालाई उठाएका हुन् ।

काँग्रेसबाट जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), एमालेबाट लालबहादुर अधिकारी, माओवादीकेन्द्रबबाट बाबुराम कार्कीको नाम आयोगमा गाउँपालिकाको प्रमुखका लागि नाम दर्ता भएको छ । उनीहरु तीन जना साविक माझफाँट गाविसका बासिन्दा हुन् । काँग्रेसबाट धाइरिङका राजु आचार्यले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!