जुम्लाबाट ११ सय ७८ जनाको उम्मेदवारी दर्ता, कुन गाँउपालिकाबाट कति र को-को ?

Posted on: 04 May, 2017

नन्दराम जैशी/बैशाख २१, जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार स्थानीय तहको निर्वाचनमा जुम्लाबाट १ हजार १ सय ७८ जनाले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । 

आज साँझसम्मको तथ्यांक अनुसार जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाको प्रमुखमा ४९ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपप्रमुखमा पनि करिब ४९ जना उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने २ सय ५८ जनाले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक जिल्ला निर्वाचन कार्यालय जुम्लासँग छ ।     

 त्यसैगरी, दुई खुला सदस्यका लागि ४ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भने महिला सदस्यका लागि २ सय १२ जना र दलित महिला कोटामा १ सय ५३ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकारी खुम प्रसाद सुबेधिले जानकारी दिनुभयो । स्थानीय तहबाट आएका यी तथ्यांकमा उम्मेदवारको केही संख्या थपघट हुन सक्ने उहाको भनाइ छ । एक नगरपालिका र सात गाँउपालिकाबाट आएको प्रारम्भिक तथ्यांकको अन्तिम नामावली र संख्या अझै एकिन भएको छैन ।     

१, चन्दननाथ नगरपालिका: मेयरमा ७ जना, उपमेयरमा ८, जम्मा वडा अध्यक्षमा ४२, महिला वडा सदस्यमा ३५, दलित महिला वडा सदस्यमा ३२ र अन्य खुल्ला वडा सदस्यमा ७३ जना गरी जम्मा १ सय ९७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

चन्दननाथ नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका कान्तिका सेजुवाल, उपमेयरमा जगतबहादुर खत्री, नेकपा एमालेका मेयरका उम्मेदवार शान्तिलाल महत र उपमेयरमा मेनका रेग्मी चौलगाई, नेकपा माओवादी केन्द्रका अशोक श्रेष्ठ र उपमेयरमा अप्सरा देवि न्यौपानेले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी नयाँ शक्ति नेपाल जुम्लाका मेयरमा दानबहादुर महत र उपमेयरमा राजु चौलागाई, नेमकिपाबाट मेयरमा रामलिला वुढा र उपमेयरमा धनन्जय फडेराले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।     

२, गोठिचौर गाँउपालिका: अध्यक्षमा ५ जना, उपाअध्यक्षमा ६, जम्मा वडा अध्यक्षमा १२, महिला वडा सदस्यमा १३, दलित महिला वडा सदस्यमा १८ र अन्य खुल्ला वडा सदस्यमा ४४ जना गरी जम्मा ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गोठीचौर गाउँपालिमा कांग्रेसबाट प्रमुखमा दानबहादुर वुढा र उपप्रमुखमा सुमन वुढा, नेकपा एमालेबाट प्रमुखमा क्षेत्रबहादुर भण्डारी, उपप्रमुखमा धनरुपा वुढा, नेकपा माओवादीवाट प्रमुखमा हरिवहादुर भण्डारी र उपप्रमुखमा जानदेवी ऐडीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिनुभयो । जिल्लामा सानादलहरुले पनि उम्मेदवारी दर्ता गराए पनि सूचना आइपुगेको छैन ।  

३, कनकासुन्दरी गाँउपालिका: ध्यक्षमा ७ जना, उपाअध्यक्षमा ५ जना, जम्मा वडा अध्यक्षमा ४३ जना, महिला वडा सदस्यमा २७, दलित महिला वडा सदस्यमा १८ र अन्य खुल्ला वडा सदस्यमा ६९ जना गरी जम्मा १ सय ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कनकासुन्दरी गाउँपालिमा नेपाली कांग्रेसका नरविर रावत र उर्मिला भण्डारी, नेकपा एमालेबाट गोपाल रोकाया र शुशिला बडुवाल, माओेवादी केन्द्रबाट राजजंग हमाल र उपप्रमुखमा मिमसरा रावतले मनोनयन दर्ता गरेका छन् ।  

 ४, तिला गाँउपालिका: अध्यक्षमा ८ जना, उपाअध्यक्षमा ४, जम्मा वडा अध्यक्षमा ३८, महिला वडा सदस्यमा ३४, दलित महिला वडा सदस्यमा २१ र अन्य खुल्ला वडा सदस्यमा ६१ जना गरी जम्मा १ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तिला गाउँपालिकामा नेपाली कांग्रेसका कल्से रावत र उपप्रमुखमा दिलमाया हमाल, नेकपा एमालेबाट प्रमुखमा रतननाथ योगी र उपप्रमुखमा विष्णुकला रावत, नेकपा माओवादी केन्द्रमा प्रमुखमा जंगबहादुर बस्नेत र उपप्रमुखमा विष्णुमाया वुढाको उम्मेदवारी दर्ता भएको छ ।                           

 ५, पातारासि गाँउपालिका: अध्यक्षमा ४ जना, उपाअध्यक्षमा ५, जम्मा वडा अध्यक्षमा २७, महिला वडा सदस्यमा २५, दलित महिला वडा सदस्यमा ७ र अन्य खुल्ला वडा सदस्यमा ५० जना गरी जम्मा १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले बताएको छ ।   

नेपालि कांग्रेसबाट प्रमुखमा लक्ष्मण बाहोरा, उपप्रमुखमा पुन्नकलि महतारा, नेकपा एमालेबाट प्रमुखमा हंश बोहोरा, उपप्रमुखमा रम्बा भण्डारी, नेकपा  माओबादि केन्द्रबाट प्रमुखमा गौरी बुढा, उपप्रमुखमा जनमाया रोकाया, नेमकिपाबाट प्रमुखमा सिंह बहादुर बिष्ट, उपप्रमुखमा दिपकलि बुढा र राप्रपाबाट उपप्रमुखमा बिजु बुढाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिनुभयो ।     

 ६, सिंजा गाँउपालिका: अध्यक्षमा ६ जना, उपाअध्यक्षमा ७, जम्मा वडा अध्यक्षमा २५, महिला वडा सदस्यमा २७, दलित महिला वडा सदस्यमा १६ र अन्य खुल्ला वडा सदस्यमा ५४ जना गरी जम्मा १ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सिंजा गाउँपालिकामा नेपाली कांग्रेसका प्रमुखमा देवल सिंह रावत र उपप्रमुखमा कल्पना मल्ल (शाही), नेकपा एमालेका प्रमुखमा नन्दराम  रोकाया र उपप्रमुखमा जन्मकन्या खत्री रहेका छन् । माओेवादी केन्द्रबाट प्रमुखमा हिक्मत खत्री र उपप्रमुखमा विनसरा रोकाया र नेमकिपाबाट प्रमुखमा पूर्णप्रसाद धिताल ले मनोनयन दर्ता गर्नुभएको छ ।  

 ७, हिमा गााउपालिका: अध्यक्षमा ५ जना, उपाअध्यक्षमा ६, जम्मा वडा अध्यक्षमा ३२, महिला वडा सदस्यमा २५, दलित महिला वडा सदस्यमा २१ र अन्य खुल्ला वडा सदस्यमा ५६ जना गरी जम्मा १ सय ४५ जनाले उम्मेदवारी दर्ता गराएको प्रारम्भीक तथ्यांक प्राप्त भएको छ ।

हिमा गाउँपालिकामा नेपाली कांग्रेसका प्रमुखमा लक्ष्मण शाही र उप्रमुखमा सम्पूर्णा शाही, नेकपा एमालेका प्रमुखमा भैबहादुर रोकाया र उपप्रमुखमा चुक्की शाही, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा रजबहादुर शाही र उपप्रमुखमा हिमाली रोकायाको उम्मेदवारी दर्ता गरिएको छ ।   

८, तातोपानि गाँउपालिका: अध्यक्षमा ७ जना, उपाअध्यक्षमा ८, जम्मा वडा अध्यक्षमा ३९, महिला वडा सदस्यमा ३६, दलित महिला वडा सदस्यमा २० र अन्य खुल्ला वडा सदस्यमा ५० जना गरी जम्मा १ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

तातोपानी गाउँपालिकामा नेकपा एमालेका गाउँपालिका प्रमुखमा शुरतबहादुर शाही र उपप्रमुखमा नारायणी चौलागाई, माओवादी केन्द्रका प्रमुखमा नवराज न्यौपाने र उपप्रमुखमा गंगादेवी उपाध्यायको मनोनयन दर्ता भएको छ ।

जिल्लाको चन्दननाथ नगरपालिका बाहेक अन्य स्थानमा टेलिफोन नलाग्ने भएकाले सूचना लिन कठिनाई भएको छ । कुनै पनि गाउँपालिकाबाट पूर्ण सूचना आई नसकेको निर्वाचन अधिकृत बस्यालले जानकारी दिनुभयो । पत्रकारहरुले सजिलो सूचनाका लागि एकीकृत सूचना प्रणाली स्थापना गर्न अनुरोध गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!