ढोरपाटन नगरको बुर्तिबाङ बसपार्कमा एमालेको पहिलो चुनाबि सभा

Posted on: 05 May, 2017


कृष्ण कँडेल/बैसाख २२, बागलुङ । नेकपा एमाले ढोरपाटन नगर संगठन समितिको अयोजनामा विहिबार बुर्तिबाङ बसपार्कमा उम्मेद्धार सहितको चुनाबि सभा भएको छ । 

वडा नम्बर–१ को चुनाबि सभामा नगर मेयरका उम्मेद्धार देबकुमार नेपाली, उपमेयरका उम्मेद्धार करमती पुन, वडा अध्यक्ष तथा सदस्यका उम्मेद्वार सहित एमाले नेता कार्याकर्ता सहभागी थिए । 

कार्यक्रममा बोल्दै नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले नेकपा एमालले मुलुकको स्वाभिमान बचाउने भन्दै राष्ट्रिय स्वाधिनताका लागि एमालेका उम्मेद्धार विजयी हुनुपर्नेमा जोड दिनुभयो  । 

उहाँले समाजिक सुरक्षा भत्ता, स्थानिय विकासका लागि तल्लो तहमा बजेट विनियोजन जस्ता जनमुखि कार्यको थालने एमालेले गरेको बताउनुभयो । नेपालीले दलित समुदायको बाहुल्यता रहेको ढोरपाटन नगरमा एमालेले समाबेशी सिद्धान्तका आधारमा दलित समुदायकै उम्मेद्वार बनाएको बताउनुयभो । बैकल्पिक केन्द्रिय सदस्य नेपालीले देशैभर र ढोरपाटन नगरपालिकामा पनि एमाले उम्मेद्वारको बिजय सुनिष्चित रहेको दाबि गर्नुभयो । 

कार्यक्रममा ढोरपाटन नगरपालिकाको मेयर पदका उम्मेद्धार देबकुमार नेपालीले स्थानिय विकास र समृद्धिको लागि व्यक्तिगत तथा राजनितिक स्वार्थबाट माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले आफुले अहिलेसम्म कुनै सरकारी पद धारण नगरे पनि निजी लगानीबाट पश्चिम बागलुङको दुर्गमा ठाउँको विकास र सुधारमा निरन्तर काम गर्दै आएको भन्दै त्यसको निरन्तरताको लागि आफुलाई विजयी बनाउन आब्हान गर्नुभयो । 

कार्यक्रममा अखिल नेपाल किसान महासंघका स्थायि समिति सदस्य मोहनलाल शर्मा, बेगबहादुर पुन, कम्युनिष्ट अगुवा दलिराम शर्मा, ढोरपाटन नगर संगठन समितिका सहसंयोजक केसर छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो । 

सभासुरु हुनु अघि बाजागाजा सहित उम्मेद्वारको अगुवाईमा भएको ¥याली बुर्तिबाङ बजारको विभिन्न ठाउँमा पुगेर बसपार्क पुगेको थियो । कार्यक्रम नेकपा एमाले ढोरपाटन नगरसंगठन समितिका संयोजक लक्ष्मण पुनको अध्यक्षता र सुनिलकुमार घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!