मुगुम गाउँपालिका वडा नम्बर छ को अध्यक्षमा काँग्रेस निर्विरोध

Posted on: 05 May, 2017

दान बहादुर बुढा/बैशाख २२, मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर ६ मा स्थानीय तहको  निर्वाचनका लागि उम्मेदवारी मनोनयन  फिर्ता लिए पछि निर्विरोध भएको छ ।

वडा नम्बर ६ मा अध्यक्ष पदका लागि बुधवार उम्मेदवारको मनोनयन नेपाली काँग्रेसका तर्फबाट कार्मा फोन्जोक तामाङ र स्वतन्त्रबाट तोर्चे तामाङले दर्ता गराए पनि विहिबार तोर्चेले उम्मेदवारी फिर्ता लिए पछि काँग्रेसका तर्फबाट उम्मेदवार बनेका फोन्जोक निर्विरोध रुपमा वडा अध्यक्षमा निर्वाचित भएका छन । त्यस्तै सोही वडामा महिला सदस्य तर्फ काँग्रेस कै मेदोक फुटिक तामाङ, एमालेका तर्फबाट गारा तामाङ, ठिल्ले तामाङ र दलित महिला सदस्यमा एमालेकै लामु कामी निर्विरोध भएका हुन ।

 त्यस्तै वडा नम्बर १ मा नेकपा एमालेका तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी एम्जुङ पुटिक तामाङ निविरोध भएको मुगुम कार्मारोङ गाउँ पालिका निर्वाचन कार्यालयका निर्वाचन अधिकृत  विजयराज पौडेलले जानकारी दिए । 

यस अघि छायानाथ रारा गाउँ पालिका वडा नम्बर ९ मा  पनि काँग्रेस, एमाले र माओवादी केन्द्रबीचको सहकार्यमा  माओवादी केन्द्र अध्यक्ष,  काँग्रस र एमाले दुई दुई सदस्य पद बाँडफाँड गरि  निर्विरोध  भइृसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!