चन्दननाथ नगरपालिकामा माओबादीकी महिला उम्मेद्वार निर्विरोध

Posted on: 06 May, 2017

नन्दराम जैशी/बैशाख २३, जुम्ला । चन्दननाथ नगरपालिका वडा नं २ बाट दलित महिला सदस्यमा विष्णुमाया कामि र्निविरोध निर्वाचित हुनु भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका वडा नं २ बाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएकि विष्णुमाया कामि र्निविरोध निर्वाचित हुनु भएको हो । विष्णुमायाले नेकपा माओबादि केन्द्रबाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएको थियो । 

उक्त वडाबाट अन्य कुनैपनि पार्टिबाट दलित महिलामा मनोनयन परेको थिएन । नगरपालिकामा जम्मा ५२ पदका लागि हुन लागेको निर्वाचन दलित महिलाको एक सदस्यमा बिष्णुमाया कामि निर्विरोध निर्वाचित भएपछि अब ५१ पदका लागि निर्वाचन हुने भएको छ । यसैबिच आज उम्मेदवारलाइ निर्वाचन चिन्ह्र पनि प्रदान गरीएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका उम्मेदवारलाइ निर्वाचन चिन्ह्र पनि प्रदान गरेको हो । जसमा स्वतन्त्रबाट उपमेयरमा मनोनयन दर्ता गर्नुभएका पुर्णसिंह कठायतलाइ उहाकै रोजाइमा भित्ते घडि निर्वाचन चिन्ह्र प्रदान गरीएको मुख्य निर्वाचन अधिकृत बासुदेब न्यौपानेले जानकारी दिनुभयो । 

उहाका अनुसार चन्दननाथ १० बाट वडा अध्यक्षका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गर्नुभएका लोकेन्द्रराज गिरीलाइ ठड्याएको औला निर्वाचन चिन्ह्र प्रदान गरीएको छ । चन्दननाथ ५ बाट वडा अध्यक्षका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गर्नुभएका अर्जनसिंह कठायतलाइ पनि उहाकै रोजाइमा ठड्याएको औला निर्वाचन चिन्ह्र प्रदान गरीएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै चन्दननाथ ८ बाट वडा अध्यक्षका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गर्नुभएका खड्क बहादुर थापालाइ जोडि पाइला निर्वाचन चिन्ह्र प्रदान गरीएको छ । भने अन्य पार्टिका पहिलेकै चिन्ह्रलाइ निर्वाचन चिन्ह्रका रुपमा आधार मानिएको छ ।         


यस बिषयमा तपाइको प्रतिक्रिया...!