जुम्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ प्रशिक्षण

Posted on: 06 May, 2017

नन्दराम जैशी | बैशाख २३, जुम्ला | जुम्लाका ८७ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ आजबाट दुइ दिने प्रशिक्षणमा सहभागि गराइएको छ । 

स्थानिय तहको निर्वाचनलाइ लक्षीत गरी जुम्लाका ७६ वटा मतदान स्थलका ८७ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ दुइ दिने प्रशिक्षणमा सहभागि गराइएको हो । प्रत्येक मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित केहि जगेडामा राखिएका कर्मचारीहरु सहित प्रशिक्षणमा करीब २ सय कर्मचारीको सहभागिता रहेको छ । प्रशिक्षणमा सहभागि कर्मचारीलाइ निर्वाचनलाई शान्त तथा मर्यादीत रुपमा सम्पन्न गर्न कर्मचारीले खेल्नुपर्ने भुमिका र उनिहरुको काम, कर्तब्यका बिषयमा जानकारी दिइने भएको छ । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिष बासुदेब न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको उपस्थीतिमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरीएको हो । उद्घाटनको क्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत न्यौपानेले ककर्मचारीहरुलाइ प्रशिक्षणमा राम्रोसँग जानकारी लिएर निर्वाचनलाई सफल पार्ने भुमिका खेल्न आग्रह गर्नुभयो । मतदान केन्द्रमा खटिसकेपछि त्यहाँको प्रत्यक्ष निगरानि राख्नुका साथै केहि समस्या निम्तीए तत्काल समन्वय गर्न उहाको सुझाब छ । 

एक नगरपालिका र जुम्लाका सात गाँउपालिकामा ८७ वटा मतदान केन्द्र तोकिएका छन् । जुम्लाका ७६ वटा मतदान स्थल मध्ये १ हजार बढि मतदाता संख्या रहेको स्थललाइ मतदान केन्द्र “ख” का रुपमा तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा १ हजार ५० भन्दा बढि मतदाता संख्या नहुने भएको छ । जसले मतदातालाइ सहज र समयमै मतदान सम्पन्न गर्न सजिलो हुने भएको छ । भने नगरपालिका र गाँउपालिकामा मतदातालाइ पाईक पर्ने हिसाबले मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!