एमाले परित्याग गरी ७० युवा माओवादी केन्द्रमा प्रवेश

Posted on: 07 May, 2017

पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरुको चुनाव प्रचारप्रसारको अभियान तिब्र रुपमा चलिरहेको छ । विभिन्न ठाउँमा राजनीतिक दलहरुले आमसभा तथा घरदैलो कार्यक्रमलाई निकै तिब्रता दिएका छन् । यसैविच विहादी गाउँपालिकाका एमाले पार्टी परित्याग गरी ७० भन्दा बढी युवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

Image may contain: 4 people, people standing, sky, tree, outdoor and nature

देश माओवादीकै एजेण्डामा चलेरको र सोही अनुसार अब गाउँ नगरमा प्राप्त हुने अधिकार पनि माओवादी केन्द्रले जनयुद्ध चलाउदाँको माग भएको भन्दै माओवादी केन्द्रमा युवाहरु प्रवेश गरेका हुन् । 

एमालेभित्र राष्ट्रबाटको बहस चलेता पनि हात्तिको दाँत सरह भएको भन्दै उनीहरुको  माओवादीमा प्रवेश गरेका हुन् । 

Image may contain: 12 people, crowd and outdoor

यसैविच नेकपा माओवादी केन्द्रले दुइ नगरपालिका र पाँच गाउँपालिकामा आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । घरदैलो कार्यक्रममा माओवादी केन्द्रले मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेको छ । देश माओवादीकै एजेण्डामा चलेको र माओवादीले १० बर्ष सरकार संचालन गर्न पाए देशले काँचुली फर्ने माओवादी केन्द्रको दाबी छ ।

Image may contain: 12 people, people standing, people walking, crowd and outdoor


Image may contain: 2 people, people standing

Image may contain: 4 people, people standing

Image may contain: one or more people

यस बिषयमा तपाइको प्रतिक्रिया...!