शंकर गिरी भन्छन् –पैसाको चलखेल नभए जित सुनुश्चित छ

Posted on: 09 May, 2017

पर्वत । नेकपा माओवादी केन्द्रको तर्फबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका युवा एवं जुझारु नेता शंकर गिरीले पैसाको चलखेल नभए जित सुनुश्चित भएको दाबी गरेका छन् ।

घरदैलो कार्यक्रममा माओवादीप्रतिको आकर्षण र मतदाताहरुको हौसालाका कारण आफू पैसाको चलखेल नभए जित्ने दाबी गरे । घरदैलो अभियानलाई तिब्रताका साथ अगाडी बढाएका उनले कुश्मा नगरको विकासको लागि यो भन्दा पहिले कुनै सेवा सुविधा विनानै नागरिकको काम गर्ने बताउँदै आएका थिए । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p235x165/

उनी भन्छन्, म कुनै पदमा बसेर सरकारी तलब खानको लागि उम्मेदवारी दिएको होइन, युवाहरुको सोच र भिजनलाई प्रयोग गरी कुश्मा नगरलाई समृद्ध बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ, यदी जित हासिल भयो भने नगरपालिकामा विगत देखि हुदै आएको ठेकेदारी प्रथालाई अन्त्य गर्दै समृद्ध कुश्मा नगरको विकासको लागि आफ्ना एजेण्डा र भिजनलाई अगाडि सार्ने छु । 

जति पनि वडामा पुगे ति वडामा माओवादी केन्द्रप्रतिको मोह र उत्साह मैले भेटे, यताकता सुने कुश्मा बजारदेखि गाउँसम्म पैसाको चलखेल हुदै छ रे, युवाहरुलाई बाइकमा तेल भरेर फकाइदै छ रे, जून आचारसंहिता विपरित कार्य हो । यदी यो सत्य हो भने यस बारेमा छानविन हुनुपर्छ  उनले भने ।

निष्पक्ष तरिकाबाट चुनाव सम्पन्न हुने हो भने नगरपालिकामा माओवादीको जीत सुनिश्चत रहेको उनले दोहो¥याए ।

Image may contain: 3 people, people standing and outdoor


Image may contain: 7 people, people standing and outdoor


यस बिषयमा तपाइको प्रतिक्रिया...!