शिवालयमा नमुना मतदान केन्द्र स्थापना

Posted on: 10 May, 2017

पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रसार निकै तिब्रताका साथ अगाडि सारिएको छ ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउनको लागि मतदान अधिकृत तथा त्यसका लागि खटिएका कर्मचारीहरु आआफ्नो मतदान केन्द्रमा पुगेका छन् ।

७४ वटा मतदानस्थल र १३४ मतदान केन्द्र रहेको पर्वतमा कर्मचारी सवै बुधबार पुग्ने र विहिबार मतदान परिचय पत्र वितरण गर्ने कार्यादेश छ । सोही अनुसार कर्मचारीहरु खटिएका छन् । पर्वतमा कुश्मा नगरपालिकाको शिवालय चोकमा रहेको शिवालय माविमा नमूना  मतदान केन्द्रको स्थापना गरिने भएको छ । 

महिलाहरुकै  नेतृत्वमा नमूना मतदान केन्द्र स्थापना गर्न लागिएको हो । १३४ वटा मतदानकेन्द्र मध्ये उक्त मतदान केन्द्रलाई नमूना मतदान केन्द्र स्थापना गर्नको लागि सोही अनुसार कर्मचारी परिचालन गरीएको छ ।

नमूना मतदान केन्द्रका रुपमा स्थापना गर्न लागिएको उक्त मतदान केन्द्रको केन्द्र प्रमुखका रुपमा अतिजा शर्मा, सहायक मतदान अधिकृत तारा सुनुवार        रहेका छन् । मतदाता ७०८ जना मतदाता रहेको उक्त मतदान केन्द्रलाई नमूना बनाउनको लागि महिलाहरुकै मात्रै मतदान केन्द्र बनाइएको हो ।

मतदान केन्द्रमा खटिएका सहायक कर्मचारीमा सावित्रि अर्याल, शारदा शर्मा, ररहेका छन् त्यस्तै सहयोगी कर्मचारीमा भगवती शर्मा, बसन्ती क्षेत्री रहेका छन् । त्यस्तै उक्त मतदान केन्द्रको सुरक्षाको जिम्मा  इन्सपेक्टर कोपिला चुडाल, असई दुनाकला आचार्यको जिम्मा दिइएको छ । मतदान अधिकृतदेखि सुरक्षामा खटिएका कर्मचारी समेत महिलानै रहेका छन् । 

पर्वतमा ९९ हजार ६ सय ७० मतदाता रहेका छन् । जसमध्ये ५२ हजार १६० पुरुष, ४७ हजार ५१० महिला र  एक हजार ६०८ अपाङ्गता भएका मतदाता          रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!