चुनावको मुखमा कांग्रेस सभापति एमालेमा प्रवेश

Posted on: 11 May, 2017


ललित बोहरा/बैशाख २८, डडेल्धुरा । चुनावको मिति नजिकिँदै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेस भित्र निकै ठुलो किचलो बढेको छ ।

पार्टी सभापति देउवाले उम्मेदबार छनोट लगायतका बिषयमा हस्तक्षेप गरेको भन्दै कांग्रेसको परशुराम नगरपालिका कमिटीका अध्यक्ष तारीसिंह बोहरा एमालेमा प्रवेश गरेका छन । बिहीबार जोगबुढामा आयोजित कार्यक्रममा एमालेका पोलिब्यूरो सदस्य वेदराम भुषालले बोहरालाई एमालेमा स्वगत गरेका छन् । बोहरा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । 

स्वागत कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा.तारा जोशी, प्रचार बिभाग प्रमुख केशब बोहरा लगायतका नेता र एमालेबाट मेयरका आकाक्षिहरुले स्वागत गरेको जिल्ला कमिटी सचिब धन बहादुर साउदले जनाएको छन् । 

उहाँ सँगै करिब दुई हजार नेपाली काग्रेसका कार्यकर्ता एमालेमा प्रबेश गरेको प्रचार बिभाग प्रमुख केशब बोहराले बताए ।

सभापति देउवाले व्यापारी तथा भित्री मधेस क्षेत्रमा हुने काठ कटानीमा संलग्न रहेको आरोप लागेका भीमबहादुर साउँदलाई परशुराम नगरका लागि मेयरको टिकट दिएपछि बोहरा असन्तुष्ट भएका थिए ।

 यसअघि २०७० चुनावमा पनि बोहराले देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । त्यतिबेला देउवाले बोहरालाई समाुनपातिक सभाषद बनाउने भन्दै मनाएका थिए । यद्यपी बोहराको ठाउँमा देउवा पत्नी आरजु देउवा (राणा) सभाषद बनिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!