जुम्लाका नगरपालिका र गाँउपालिकामा कँहा कति मतदाता ?

Posted on: 12 May, 2017

नन्दराम जैशी/बैशाख २९, जुम्ला । स्थानिय तहको निर्वाचनमा जुम्लामा चन्दननाथ नगरपालिकाबाट सबैभन्दा बढि र गोठिचौर गाँउपालिकाबाट सबैभन्दा कम मतदाताहरुले मतदान गर्ने भएका छन् । 

यहि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन आउन अब १ दिन मात्र बाँकि छँदा मतदाताहरु पनि सो दिनको पर्खाइमा मतदान गर्न आतुर छन् । भने आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान पनि गर्न पाउनेछन् । 

करीब १ लाख २० हजार बढि जनसंख्या रहेको जुम्लामा जम्मा ५४ हजार ६ सय ७७ जना मतदाताले मतदान गर्ने भएका हुन् । निर्वाचन नजिकिदै जाँदा मौन अवधिमा राजनितिक दल तथा उम्मेदवारहरुले जुम्लाका हरेक गाँउपालिकामा रहेका मतदाताहरुको संख्यालाइ केलाउदै आ आफ्नो पक्षमा जित सुनिश्चीत रहेको दावि गरीरहेका छन् । 

यस पटकको निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकाबाट सबैभन्दा बढि र गोठिचौर गाँउपालिकाबाट सबैभन्दा कम मतदाताहरुले मतदान गर्ने भएका छन् । जसमा सबैभन्दा बढि मतदाता संख्या रहेको नगरपालिकाबाट ९ हजार ६ सय ९२ जनाले मतदान गर्ने भएका छन् भने सबैभन्दा कम मतदाता संख्या रहेको गोठिचौर गाँउपालिकाबाट ४ हजार ८ सय २३ जानाले मतदान गर्र्नेछन् । बढि मतदाता संख्याको हिसाबमा दोस्रो स्थानमा रहेको कनकासुनदरी गाँउपालिकामा ७ हजार ८ सय ८१ मतदाता रहेका छन् । 

यता तेस्रो स्थानमा रहेको तातोपानि गाँउपालिकामा ७ हजार ४ सय ९८ जना मतदाताको संख्या रहेको छ । त्यस्तै पातारासि गाँउपालिकामा ६ हजार ९ सय ७२, तिला गाँउपालिकामा ६ हजार ७ सय ११, सिंजा गाँउपालिकामा ६ हजार ३ सय ९० र हिमा गाँउपालिकामा ५ हजार १ सय ६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाकारी दिएको छ । 

कार्यालयका अनुसार २८ हजार ५ सय ५९ जना पुरुष मतदाता र २६ हजार १ सय १८ जना महिला मतदाता गरी जम्मा ५४ हजार ६ सय ७७ जना मतदाताले निर्वाचनमा मतदान गर्ने भएका छन् ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!