नेपाल कम्युनिष्ट पार्टीद्वारा मुगुमा निर्वाचन सामग्री कब्जा

Posted on: 13 May, 2017

बैशाख ३०, मुगु । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री कब्जा गरेका छन् । 

छायाँनाथ–रारा नगरपालिका वडा नं. १२ को नेरा निमावि केन्द्रमा खटिएको टोलीबाट उक्त सामग्री लुटेका प्रहरीले जनाएको छ । बिहान १०: ४५  बजे मतदानमा खटिएका कर्मचारी खाना खान गएको मौका छोपी करिब १३५  जनाको समूहले प्रहरी सामग्री लुटेको प्रहरीले जनाएको छ । 

असई भीमबहादुर शाहीको कमाण्डमा चार प्रहरी र चार म्यादी खटिएका थिए । अहिले निर्वाचन कार्यालयमा जगेडा रहेको  निर्वाचन सामग्री र सुरक्षाकर्मी त्यसतर्फ पठाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत राजिमान बुढाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!