जुम्लाका सबै मतदान केन्द्र अति संबेदनशील, सिंजामा बम विष्फोटको आशंका

Posted on: 13 May, 2017


नन्दराम जैशी/बैशाख ३०, जुम्ला । जुम्लाका ८७ वटै मतदान केन्द्र अतिसम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च शर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनु भयो । स्थानीय चुनावलाई विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचन विथोलिन सक्ने भन्दै उच्च शर्तकता अपनाइएको उहाँले बताउनु भयो ।

 जुम्लाभित्र मात्रै दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनु भयो । सिंजा गाउँपालिका–२ नराकोटनजिकैको जंगलमा शुक्रबार राति बम विस्फोट भएको आवाज सुनिएको बताएको छ । 

सिंजा गाउँपालिकाको एक मतदान केन्द्र भैरव माध्यमिक विद्यालय नजिकै राति दुई पटक बम पड्केको आवाज आए आएपनि वम विष्फोट भएको भन्ने पुष्टि हुन नसकेको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले बताउनु भयो ।

 बम विस्फोट भएको आंशका भएपछि सुरक्षा व्यवस्था झन् कडा गरिएको उहाँले उल्लेख गर्नु भयो । नेपाल कम्युनिष्ट पार्टीका भेरीकर्णाली पोलिट व्युरो सदस्य चन्द्रविर तिरुवा (रविकिरण) र युवा दस्तका इन्र्चाज विरवहादुर कठायतलाई प्रहरीले यसअघि गिर्फतार गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!