जुम्लाको गोठिचौर गाउँपालिकामा एमालेको अग्रता, एक वडामा प्यानलै विजयी

Posted on: 15 May, 2017

नन्दराम जैशी/जेठ १, जुम्ला । जुम्लाको गोठिचौर गाउँपालिकामा एमालेको अग्रता कायम रहेको छ भने वडा नम्बर १ मणिसाँघुमा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

वडा अध्यक्षमा नेकपा एमालेका गणेश ऐडि, महिला सदस्यमा कुसुलामु रोकाया, दलित महिला सदस्यमा दिलमाया कामी, वडा सदस्यमा गोरख बस्नेत र खुल्ला सदस्यमा प्रेमवहादुर लामा विजयी हुनु भएको छ । 

ऐडिका प्रतिद्धन्द्धी माओवादि केन्द्रका मेघराज लामालाई पराजित गर्दे ऐडि वडाध्यक्षमा विजयी हुनु भएको छ । ऐडिले ३ सय १ मत प्राप्त गर्नु भएको छ भने प्रतिद्धन्द्धी लामाले १ सय ७२ मत प्राप्त गर्नु भएको छ । 

नेपाली काँग्रेसका नन्दवहादुर ऐडिले ९० मत प्राप्त गर्नु भएको छ । महिला सदस्यमा माओवादि केन्द्रका देवकि लामालाई पछि पार्दे नेकपा एमालेका कुसुलामु रोकाया विजयी हुनु भएको छ । विजयी रोकायाले २ सय ८३ मत प्राप्त गर्नु भएको छ भने पराजित हुनु भएका लामाले १ सय ५५ मत प्राप्त गर्नु भएको छ । 

नेपाली काँग्रेसका लालकलिले १ सय ७ मत प्राप्त गर्नु भएको छ । दलित महिला सदस्यमा नेकपा एमालेका दिलमाया कामी विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी माओवादि केन्द्रका लालकोषा कामीलाई पराजित गर्दे दिलामाया कामी विजयी हुनु भएको हो ।

दिलमायाले २ सय ७८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी लालकोषले १ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिनुभयो । नेपाली काँग्रेसका दलित महिला सदस्य सुनकली कामीले ८८ मत प्राप्त गर्नु भएको छ । 

वडा सदस्य सिंगलमा नेकपा एमालेका गोरख बस्नेत विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दी माओवादि केन्द्रका लोकवहादुर रोकायाले १ सय ६४ मत प्राप्त गर्नु भएको छ भने विजयी बस्नेतले २ सय ७६ मत प्राप्त गर्नु भएको छ । 

नेपाली काँग्रेसका जोहरीलाल रोकायाले ८१ मत प्राप्त गर्नु भएको छ । यसैगरि खुल्ला वडासदस्यमा नेकपा एमालेका प्रेमलामा विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी माओवादि केन्द्रका लोकवहादुर रोकायालाई पराजित गर्दे लामा विजयी हुनु भएको छ । 

लामाले १ सय ८० मत प्राप्त गर्नु भएको भने उहाँका प्रतिद्धन्द्धी रोकायाले १ सय ६४ र नेपाली काँग्रेसका सम्पुर्ण महताराले ९६ मत प्राप्त गरेको निर्वाचन अधिकृत बश्यालले जानकारी दिनुभयो ।

 गाउँपालिकाको प्रमुखमा एमालेको अग्रता

 गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका क्षेत्रवहादुर भण्डारीले २ सय ७६, माओवादि केन्द्रका हरिवहादुर भण्डारीले १ सय ६८ र नेपाली काँग्रेसका दानवहादुर बुढाले १ सय ८ मत प्राप्त गरेको छ । यसैगरि उपप्रमुखमा नेकपा एमालेको २ सय ५९, माओवादि केन्द्रको १ सय ७५ र नेपाली काँग्रेसले १ सय ८ मत प्राप्त गरेको गोठिचौर गाउँपालिकाका निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिनुभयो ।

 यसैबिच, जुम्लाका सात वटा गाउँपालिका र एक नगरपालिमकामा मतगणना भइरहेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार चन्दननाथ नरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कान्तिका सेजुवालले अग्रता लिएका हुन् । 

झण्डै २ सय १३ भन्द बढी मत गणना हुँदा कांग्रेसका उम्मेदवार सेजुवाले १ सय, माओवादीको केन्द्रका मेयका उम्मेदवार अशोककुमार श्रेष्ठले ७२ र एमालेका मेयरका उम्मेदवार शान्तिला महतले २७ मत प्राप्त भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!