मनाङको चामे गाउँपालिकामा एमाले बिजयी

Posted on: 15 May, 2017

जेठ १, मनाङ । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकामा एमालेले बिजयी भएको छ ।

चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । यस्तै निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ १६९ मत प्राप्त गरेर बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!