जुम्ला चन्दननाथ नगरपालिकामा कांग्रेसको अग्रता कायमै

Posted on: 15 May, 2017

नन्दराम जैशी/जेठ १, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता पाएको छ । 

३६३ मत गणना सकिदा  कांग्रेसका प्रमुख उम्मेद्वार कान्तिका सेजुवालले १४५ तथा उपप्रमुख जगतबहादुर खत्रीले १०३ मत पाउनु भएको छ । 

नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्तिलाल महतले ३८ तथा उपप्रमुख मेनका रेग्मी चौलागाईले ३७ र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार अशोक श्रेष्ठले १२३ तथा उपप्रमुख उम्मेद्वार अप्सरा न्यौपानेले ११५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!