पर्वतका सातै वटा स्थानीय तहको मतगणना सुरु

Posted on: 15 May, 2017

पर्वत ।पर्वतमा स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा सवै क्षेत्रमा मतगणना शुरु भएको हो ।


सबै तहका केन्द्रहरुमा मत गणना शुरु भएको भएपनि प्रारम्भिक मतगणना भने आउन सकेको छैन । जिल्लाका कुस्मा नगरपालिका, फलेवास नगरपालिकामा भर्खरै मात्र मत गणना शुरु भएको छ भने विहादि गाउँपालिका र पैंयु गाउँपालिकामा भने केही समय पहिलादेखि मतगणना भएको जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले जनाकारी दिए ।


जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।


कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् ।


यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका १ सय २९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!