चन्दननाथ नगरपालिका १ मा कांग्रेसको प्यानलै विजयी, अग्रता कायमै

Posted on: 15 May, 2017

नन्दराम जैशी/जेठ १, जुम्ला । चन्दननाथ नगरपालिका वडा नं १ बाट कांग्रेसको प्यानल विजयि भएको छ । 

आइतबार मध्यरातदेखि शुरु भइ आज दिउसो साढे तिनबजे सम्पन्न भएको वडा नं १ को मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जयबहादुर रावत सहित पुरै कांग्रेसको प्यानल विजयि भएको हो । 

जिवयि अध्यक्षका उम्मेदवार जयबहादुर रावतले ३३४ मत ल्याउनु भएको छ । उहाका निकटतम प्रतिद्धन्दी नेकपा माओबादि केन्द्रका उम्मेदवारले २४९ मत ल्याउनु भएको छ । भने नेकपा एमालेका उम्मेदवारले १४७ मत ल्याउनु भएको छ ।

 अहिलेसम्मको नतिजा अनुसार नगरपालिकाको मेयरमा कांग्रेसका कान्तीका सेजुवालले ३६०, नेकपा एमालेका शान्तीलाल महतले ९६ र माओबादि केन्द्रका अशोक कुमार श्रेष्ठले ३१३ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै वडा नं १ बाट गाइ चिन्ह्रमा १४, मादलमा २२, भित्तेघडि स्वतन्त्रमा ११ र हातले समातेको मसाल चिन्ह्रमा २ मत परेको थियो ।         

यस बिषयमा तपाइको प्रतिक्रिया...!