यस्तो छ रसुवाको हालसम्मको मतगणना परिणाम

Posted on: 15 May, 2017

जेठ १, रसुवा । रसुवामा भएको प्रथम चरणको स्थानीय तहको राति ९: ४५ सम्ममा प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा (एमाले) ले ९४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा (माओवादी केन्द्र)ले २०५, र नेकपा (एमाले)ले १०८ मत प्राप्त गरेका छन् । 

त्यस्तै, कालिका गाउँपालिकामा नेकपा (एमाले)ले ४३४, नेकपा माओवादी केन्द्रले ३९५ नेपाली काग्रेसले ३७२ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा माओवादी केन्द्र ५३६, एमाले ५३५, नेपाली काग्रेसले १४६ मत प्राप्त गरेका छन् । 

उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले ६०७ काँग्रेस ५३९ र नयाँशक्ति पार्टीले ४८८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ७९० , काँग्रेस ४९५ र नयाँशक्तिले ३३६ मत ल्याएका छन् । 

गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा –(एमाले) ४१३, नेपाली काँग्रेसले ४१० र नयाँशक्ति पार्टीले ५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ३८८, काग्रेस ३६६ र नयाँशक्तिले ३४ मत प्राप्त गरेका छन् । 

यस्तै, पार्वती कुण्ड अध्यक्षमा नयाँशक्ति पार्टीले ५६३, नेकपा (एमाले) ११७ र नेकपा माओवादी केन्द्रले १०७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा नयाँशक्ति ३२७, एमाले २१० र माओवादी केन्द्र १२१ मत ल्याएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!