पर्वतका दुइ नगरपालिकामा काँग्रेसको अग्रता, एमाले पछ्याउदै, माओवादी हरायो

Posted on: 16 May, 2017


पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । फलेवास नगरपालिकामा केहि बेर अगाडी सम्म एमालेले अग्रता लिएता पनि यो समाचार तयार पार्दासम्म काँग्रेस अगाडि देखिएको छ । त्यस्तै कुश्मा नगरपालिकामा काँग्रेसको अग्रता कायमनै छ । कुश्मा नगरपालिका १ पाङमा भने एमालेले जितेको छ ।

जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।

कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् ।


यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!